Logo

२०८३, आश्विन १०गते


images
images

गाजामा युएईले हवाई मार्गबाट सहायता पुन: सुचारु गर्ने

गाजामा युएईले हवाई मार्गबाट सहायता पुन: सुचारु गर्ने

images
  • गाजामा युएईले हवाई मार्गबाट सहायता पुन: सुचारु गर्ने
    images
    images

    काठमाडौँ । गाजामा बढ्यो भोकमरीका बिचमा संयुक्त अरब इमिरेट्स (युएई) ले तत्काल हवाई मार्गबाट सहायता पुनः सुरु गर्ने बताएको छ ।

    images
    images
    images

    युएईका विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानले गाजामा मानवीय अवस्था गम्भीर स्तरमा पुगेको भन्दै युएईले प्यालेस्टिनी जनताको जीवन बचाउने सहायता प्रदान गर्ने प्रयासमा अग्रपंक्तिमा रहेको बताएका छन् ।

    images
    images
    images

    उनले भनेका छन्- 'हामी आवश्यक सहायता सबैभन्दा बढी आवश्यक परेकाहरूसम्म पुगोस् भन्ने सुनिश्चित गर्न चाहन्छौं, चाहे त्यो जमिन, हवाई वा समुद्री मार्गबाट होस् । हामी हवाई मार्ग तुरुन्तै पुनः सुरु गर्दैछौं ।'

    images
    images
    images

    इजरायलले गाजामा अन्य देशहरूलाई सहायता पुर्‍याउन अनुमति दिने बताएपछि युएईको यस्तो भनाई आएको हो ।

    गाजामा भोकमरीका कारण अहिलेसम्म १२२ भन्दा बढीको मृत्यु भएको बताइएको छ । संयुक्त राष्ट्र संघको खाध्य कार्यक्रमले गाजामा हाल तीन मध्ये एक जनासँग खान नभएको आँकडा दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।