Logo

२०८३, आश्विन १०गते


images
images

इजरायलले गाजाका केही भागमा सैन्य गतिविधि रोक्ने घोषणा

इजरायलले गाजाका केही भागमा सैन्य गतिविधि रोक्ने घोषणा

images
  • इजरायलले गाजाका केही भागमा सैन्य गतिविधि रोक्ने घोषणा
    images
    images

    काठमाडौँ । इजरायलले गाजाका केही भागहरूमा आफ्नो सैन्य गतिविधिहरूमा 'रणनीतिक रोक' को घोषणा गरेको छ ।

    images
    images
    images

    इजरायल रक्षा बलले गाजामा मानवीय सहायताको मात्रा बढाउन यस्तो गरिएको जानकारी दिएको छ । आइडीएफले आइतवार स्थानीय समय अनुसार बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म गाजा पट्टीका केही भागहरूमा सैन्य गतिविधिहरू बन्द गर्ने बताएको छ ।

    images
    images
    images

    आइडीएफले अल-मवासी, देइर अल-बलाह र गाजा शहरमा अर्को सूचना नभएसम्म दैनिक सैन्य गतिविधिहरूमा 'रणनीतिक रोक' रहने बताएको छ । आइडीएफले संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय संस्थाहरूसँग परामर्श गरेपछि यो निर्णय लिइएको जानकारी दिएको छ ।

    images
    images
    images

    यसैबीच गाजा पट्टीमा मानिसहरूलाई खाना र औषधि पुर्‍याउने संयुक्त राष्ट्र संघ र मानवीय सहायता संगठनको काफिलाहरूको सुरक्षित आवागमनलाई अनुमति दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म स्थायी सुरक्षित मार्गहरू सिर्जना गरिने भएको छ ।

    गाजामा पछिल्ला दिनमा भोकमरीका कारण १२२ भन्दा बढीको मृत्यु भएपछि अन्तर्राष्ट्रिय दबाब बढेपछि इजरायलले यस्तो घोषणा गरेको विश्वास गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।