Logo

२०८३, आश्विन ९गते


images
images

'अर्धचेतन मष्तिष्कको प्रयोग' बारे देवदह बुद्ध पब्लिकमा जेसीजको प्रशिक्षण

'अर्धचेतन मष्तिष्कको प्रयोग' बारे देवदह बुद्ध पब्लिकमा जेसीजको प्रशिक्षण

images
  • 'अर्धचेतन मष्तिष्कको प्रयोग' बारे देवदह बुद्ध पब्लिकमा जेसीजको प्रशिक्षण
    images
    images

    देवदह । ‘अनलक योर सबकन्सियस अर्थात् अर्धचेतन मष्तिष्कलाई खोल’ भन्ने अभियानसहित देवदह जेसीजले देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा प्रशिक्षण सञ्चालन गरेको छ ।

    images
    images
    images

    जेसीज सप्ताहअन्तर्गत आइतवार सम्पन्न तेस्रो प्रशिक्षणमा विद्यालयका कक्षा १२ मा अध्ययनरत १२० जना विद्यार्थी सहभागी भएका थिए ।

    images
    images
    images

    प्रशिक्षणको औपचारिक कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयकिसन अधिकारीले सकारात्मक सोचले मानिसको चौतर्फी विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए । युवा मस्तिष्कको सोच्ने र योजना बनाउने क्षमतामा रचनात्मक तालिमहरुले सहयोग पुर्याउने उनको भनाइ छ । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य कृष्णप्रसाद गैरेले अर्धचेतन मस्तिष्कको अथाह क्षमता बारे चर्चा गरे । बुद्ध पब्लिकले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि सक्रिय गराउंदै आएको उल्लेख गर्दै प्राचार्य गैरेले सामाजिक संघसंस्थासंगको सहकार्यमा विद्यालयले यस्ता कार्यक्रम संचालन गर्नुपर्ने बताए । 

    जेसीजले यस वर्ष देवदह क्षेत्रका सातवटा शैक्षिक संस्थामा अर्धचेतन मष्तिष्कको क्षमता विकाससम्बन्धी प्रशिक्षण दिने जनाएको छ ।

    अध्यक्ष दीपक अधिकारीका अनुसार, तालिमको उद्देश्य युवाहरुमा सकारात्मक ऊर्जा प्रवाह गर्नु हो । “हाम्रो मष्तिष्कको झन्डै ९० प्रतिशत भाग अर्धचेतन अवस्थामा हुन्छ, जुन अत्यन्तै शक्तिशाली हुन्छ,” उनले भने, “हाल हामी चेतन भागको मात्र १० प्रतिशत मष्तिष्क प्रयोग गरिरहेका छौं । तालिमले बाँकी क्षमताको प्रयोग र व्यक्तित्व विकासमा टेवा पुर्‍याउने विश्वास लिएको छौं ।”

    अध्यक्ष अधिकारीले यदि युवाहरुको सोच सकारात्मक दिशामा डोर्याउन सकियो भने विदेश पलायनको प्रवृत्तिमा समेत कमी आउने र राज्यका विभिन्न क्षेत्रमा सकारात्मक परिवर्तन देखिने धारणा राखे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।