Logo

२०८३, कार्तिक २९गते


images
images

मौसम

मनसुनी प्रभाव सक्रिय, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

मनसुनी प्रभाव सक्रिय, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

images
  • मनसुनी प्रभाव सक्रिय, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना
    images

    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय छ भने न्यून चापीय रेखा सरदर स्थान नजिकै रहेकाले देशभर मौसममा प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images

    हाल देशभर सामान्य बदलीको अवस्था रहँदै आएको छ । कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    images
    images
    images

    आज दिउँसो देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ । विशेषगरी पहाडी भू–भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

    images
    images

    साथै, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।