Logo

२०८३, आश्विन १०गते


images
images

थाइल्याण्ड र कम्बोडिया तत्काल युद्धविराम गर्न सहमत

थाइल्याण्ड र कम्बोडिया तत्काल युद्धविराम गर्न सहमत

images
  • थाइल्याण्ड र कम्बोडिया तत्काल युद्धविराम गर्न सहमत
    images
    images

    काठमाडौँ । थाइल्याण्ड र कम्बोडिया तत्काल र बिना शर्त युद्धविराम गर्न सहमत भएका छन् । मलेसियामा भएको वार्तामा स्थानीय समय अनुसार मध्यरातदेखि लागू हुने गरि युद्धविराम गर्न सहमत भएका हुन् ।

    images
    images
    images

    मलेसियाको मध्यस्थतामा भएको वार्तामा कम्बोडियाका प्रधानमन्त्री हुन मानेट र थाई कार्यवाहक नेता फुम्थम वेचायचाईबीच वार्ता भएको थियो । 

    images
    images
    images

    युद्धविराम बारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले यो तनाव कम गर्ने र शान्ति र सुरक्षा पुनर्स्थापनाको लागि एक महत्त्वपूर्ण पहिलो कदम भएको बताएका छन् ।

    images
    images
    images

    चार दिनदेखि जारी द्वन्द्वमा दुवै देशमा कम्तिमा ३३ जनाको मृत्यु भएको छ भने एक लाख ३० हजार भन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।