Logo

२०८३, कार्तिक ३०गते


images
images

संघिय सांसद विश्वकर्माले गरे देवदहका योजना अनुगमन

संघिय सांसद विश्वकर्माले गरे देवदहका योजना अनुगमन

images
  • संघिय सांसद विश्वकर्माले गरे देवदहका योजना अनुगमन
    images

    देवदह । रुपन्देही क्षेत्र नं १ का सांसद छविलाल विश्वकर्माले देवदहका विभिन्न योजनाहरुको अवलोकन गरेका छन् । सोही अन्तर्गत सोमवार उनले देवदह ७ स्थित मदन आश्रित पार्क हुदै उत्तरतर्फ हिलेटोल जाने कालोपत्रे सडक अवलोकन गरेका छन् । 

    images
    images
    images

    संघीय सरकारबाट आर्थिक बर्ष २०८१÷०८२ मा विनियोजित दुई करोड १७ लाख रुपैंया लागतमा उक्त सडक स्तरोन्नती गरिएको थियो । मदन आश्रित पार्क हुदै उत्तरतर्फ हिलेटोल सम्म करिव एक हजार एक सय ६० मिटर बाटो स्तरउन्नती गरिएको देवदह–७ का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिए । 

    images
    images
    images

    पहिलो चरणमा एक करोड र दोश्रो चरणमा एक करोड १७ लाख रुपैंयाको लागतमा एक हजार एक सय ६० मिटर बाटो स्तरोन्नती गरिएको शहरी विकास मन्त्रालय रुपन्देहीका ईन्जिनियर सुशिल रसाईलीले बताए । 

    images
    images

    अनुगमन पश्चात स्थानियलाई सम्बोधन गर्दै सांसद विश्वकर्माले संघीय सरकारले ३ करोड भन्दा तलको योजना निर्माण गर्न नपाउने नीति रहेको बताए । ‘स–साना योजनामा संघीय सरकारबाट बजेट बिनियोजन गर्न नसकिने प्रावधान रहेको छ । यस्ता योजनाहरु प्रदेश र स्थानीय सरकारले हेर्नुपर्ने हुन्छ ।’ उनले भने, ‘निर्माण भएका पूर्वाधारको मर्मत संभार संगै संरक्षणमा अव स्थानीयवासीहरुले ध्यान दिनुपर्छ ।’ 

    सोही अवसरमा बोल्दै देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेलले यही साउन भित्र अव्यवस्थित बसोवास तथा सुकुम्वासीहरुलाई पहिलो चरणको लालपुर्जा तिवरण गर्ने तयारी भइरहेको बताए । प्रमुख खरेलले नापि शाखाले ८ सय ४४ वटा लालपुर्जा तयार पारेको बताउदै यही साउन भित्र त्यसलाई वितरण गर्ने नगरको तयारी रहेको उल्लेख गरे । 

    यसैगरी राष्ट्रपति चुरे संरक्षण कार्यान्वयन कार्यालय रुपन्देहीका प्रमुख अणनाथ बरालले स्थानीय तहसंग समन्वय र सहकार्य गरेर चुरे क्षेत्रको संरक्षण सम्भव रहेको बताए । उनले राष्ट्रपति चुरे संरक्षण कार्यान्वयन कार्यालयले तटवन्धन र वृक्षरोपण जस्ता काममा बजेट बिनियोजन गर्ने भएकोले समयमै योजना माग गर्न स्थानीयलाई आग्रह गरे । 

    कार्यक्रममा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रवक्ता गणेश डुम्रे, जनप्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा सरोकारवालाहरुको सहभागिता थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # योजना अनुगमन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।