बुटवल । राष्ट्रिय निजि तथा आवासीय विद्यालय अर्जनाइजेसन (नेशनल प्याब्सन) रुपन्देहीले विज्ञान शिक्षकलाई तालिम दिएको छ । संगम पब्लिकेशन प्रालिको सहकार्यमा सोमवार बुटवलमा एकदिने तालिम दिइएको जनाइएको छ ।
तालिममा जिल्लाका १४ वटा विद्यालयका ७१ जना शिक्षक सहभागी भएको नेशनल प्याब्सन रुपन्देही जिल्ला सचिव विनोद थापा मगरले जानकारी दिए ।
तालिमको औपचारिक समारोहमा बोल्दै नेशनल प्याब्सन नेपालका उपमहासचिव कृष्ण प्रसाद पौडेलले प्रमाणपत्र र डिग्री औपचारिकताको लागि मात्र उपयोगी हुने बताए । शिक्षण पेसामा दक्षता बढाउन तालिम र अभ्यास आवश्यक हुने उल्लेख गर्दै उनले शिक्षकले ज्ञान र सीप बढाएर कक्षाकोठा प्रभावकारी बनाउन सक्ने धारणा राखे ।
तालिममा पाठ्यक्रम विकास केन्द्रका विज्ञान विषयका कार्य सदस्य डा. चिन्तामणी पन्थीले प्रशिक्षण दिएका थिए ।
सहभागी शिक्षकहरू फूलमाथा थापा, सन्तोष कुवँर र विजय क्षेत्री लगायतले तालिम उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिए ।
नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष तिलव के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगम पब्लिकेशनका सञ्चालक हरि अर्याल लगायतले विचार व्यक्त गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology