देवदह । रूपन्देहीको देवदह–५ स्थित केरवानी माध्यमिक विद्यालयमा बाल क्लबको अधिवेशन सम्पन्न भएको छ । सोमवार सम्पन्न छैटौँ अधिवेशनले कोहिनुर ढुंगानाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको विद्यालयका सूचना अधिकारी खेमानन्द ज्ञवालीले जानकारी दिए ।
१७ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा बिश्वास ज्ञवाली, सचिवमा वर्षा भट्टराई, सह–सचिवमा रुवानी काफ्ले, कोषाध्यक्षमा सकृता ढुंगाना र सह–कोषाध्यक्षमा सन्ध्या पुरी रहेका छन । जसको सदस्यहरूमा धनबहादुर ढेगा, मनिषा भुसाल, श्वेता पराजुली, रबिन न्यौपाने, अंकित अर्याल, सुनिमा चौधरी, रोहित चापागाईं, संस्कृति ढकाल, शानबी बिक र लिलाधर पराजुली रहेको जनाइएको छ ।
अधिवेशनलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाले बाल अधिकार, शैक्षिक सशक्तीकरण र नेतृत्व विकासमा बाल क्लबले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले क्लबले विद्यालयमा नियमित रूपमा सामाजिक तथा सिर्जनात्मक गतिविधि सञ्चालन गर्दै आइरहेको उल्लेख गरे ।
अधिवेशनको उद्घाटन समारोहमा बाल क्लब अध्यक्ष ज्योति गौतमको अध्यक्षता, सचिव बिश्वास ज्ञवालीले सञ्चालन र उपाध्यक्ष कोहिनुर ढुंगानाले स्वागत मन्तव्य रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology