Logo

२०८३, कार्तिक २९गते


images
images

रुसमा ८.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

रुसमा ८.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

images
  • रुसमा ८.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
    images

    काठमाडौं । रुसको सुदूरपूर्वी समुद्री क्षेत्रमा बुधबार बिहान ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भिक सर्वेक्षण संस्था (USGS) का अनुसार भूकम्प पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरदेखि करिब १३६ किलोमिटर टाढा र १९ किलोमिटर गहिराइमा केन्द्रित थियो ।

    images
    images
    images

    सुरुवाती रुपमा ८ म्याग्निच्युड अनुमान गरिएको भूकम्पको तीव्रता पछि बढाइएको हो । भूकम्पपछि काम्चात्का प्रायद्वीपमा सुनामीको जोखिम रहेको भन्दै स्थानीय बासिन्दालाई तटीय क्षेत्र छोड्न आग्रह गरिएको छ ।

    images
    images
    images

    काम्चात्का क्षेत्रका गभर्नर भ्लादिमिर सोलोदोभले जनजीवनमा ठूलो क्षति नभएको जनाउँदै सतर्कता अपनाउन भनेका छन् । जापानको मौसम विभागले पनि केही तटीय क्षेत्रमा एक मिटर अग्लो छाल आउन सक्ने चेतावनी दिएको छ ।

    images
    images

    प्रशान्त सुनामी चेतावनी केन्द्रले भूकम्पको परिमाणले खतरनाक सुनामीको सम्भावना रहेको जनाएको छ । हवाई टापु र अलास्काको एल्युसियन द्वीपसमूहका केही भागमा पनि सुनामीको पूर्वसूचना जारी गरिएको छ ।

    साखालिन टापुबाट सुरक्षित स्थानमा बासिन्दा सारिने काम भइरहेको त्यहाँका गभर्नरले बताएका छन् । भूकम्पको केन्द्र कम जनसंख्या भएको र दुर्गम क्षेत्रमा परेको हो ।

    काम्चात्का प्रायद्वीप प्रशान्तको ‘रिङ अफ फायर’ अन्तर्गत पर्छ, जहाँ भूकम्प र ज्वालामुखी गतिविधि प्रायः भइरहन्छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।