Logo

२०८३, आश्विन १०गते


images
images

सुनामीको चेतावनीपछि जापानका १९ लाखभन्दा बढीलाई घर छोडेर सुरक्षित स्थानमा जान आग्रह

सुनामीको चेतावनीपछि जापानका १९ लाखभन्दा बढीलाई घर छोडेर सुरक्षित स्थानमा जान आग्रह

images
  • सुनामीको चेतावनीपछि जापानका १९ लाखभन्दा बढीलाई घर छोडेर सुरक्षित स्थानमा जान आग्रह
    images
    images

    काठमाडौँ । रुसमा आएको शक्तिशाली भूकम्पपछि आएको सुनामीको कारण जापानका १९ लाखभन्दा बढी मानिसहरूलाई आफ्नो घर छोड्न भनिएको छ ।

    images
    images
    images

    यी मध्ये लगभग १० हजार ५०० मानिसहरू होक्काइडोमा छन्, जहाँ स्थानीय मिडिया फुटेजमा मानिसहरू घरको छतमा चढेको देखिएको छ ।

    images
    images
    images

    केही मानिसहरू टोकियोको दक्षिणमा रहेको चिबा तटमा भेला भएका छन् । अधिकारीहरूले मानिसहरूलाई जापानको उत्तरी तटीय क्षेत्र खाली गर्न र उचाईमा सर्न अपील गरेका छन् ।

    images
    images
    images

    जापानको प्रशान्त तटमा दर्जनौं सुनामी छालहरू आइपुगेका छन् । प्रशान्त तट बाहेक, उत्तरमा होक्काइडोदेखि दक्षिणमा वाकायामा प्रान्तसम्म निकासी चेतावनी जारी गरिएको छ ।

    मौसम विज्ञान एजेन्सीले सुनामी छालहरू ३ मिटरसम्म अग्लो हुन सक्ने बताएको छ । जापानको टोकियो इलेक्ट्रिक पावर कम्पनीले फुकुशिमा दाइची र फुकुशिमा दाइनी आणविक प्लान्टका कामदारहरूलाई अग्लो जमिनमा सारिएको बताएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।