पश्चिम नवलपरासी । लुम्बिनी प्रदेशसभा सदस्य खडक बस्नेतले 'ॐकारेश्वर राष्ट्रकल्याण विश्व शान्ति श्रावणी महामहोत्सव २०८२' लाई सम्बोधन गरेका छन । उनले महोत्सव सफल बनाउन सबै धार्मिक आस्थावानहरू एकजुट हुनुपर्ने बताए ।
सुनवल–१०, खकरीबारीस्थित हरिहर ॐकारेश्वर मन्दिर परिसरमा जारी महामहोत्सवलाई सम्बोधन गर्दै सांसद बस्नेतले धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले यो महोत्सव अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । “धार्मिक आस्था भएकाहरूको साझा महोत्सव भएकाले यसलाई सफल बनाउने जिम्मेवारी हामी सबैको हो,” उनले भने ।
महोत्सव सम्पूर्ण राष्ट्रको कल्याण, शान्ति र समृद्धिको कामना सहित आयोजना गरिएको उल्लेख गर्दै बस्नेतले भौतिक, आर्थिक र मानसिक रूपमा आफू महोत्सवप्रति समर्पित हुने प्रतिबद्धता व्यक्त गरे ।
महोत्सवका संकल्पकर्ता बालव्यास श्रवण न्यौपानेले सांसद बस्नेतको योगदानको प्रशंसा गर्दै धार्मिक साधनाका माध्यमबाट राष्ट्र शान्ति र सद्भावतर्फ अघि बढ्ने उद्देश्यमा सबै धर्मनुरागी नागरिकलाई कथा श्रवणमा सहभागी हुन आग्रह गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology