काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशका विभिन्न जिल्लामा ५०० वटा डिपबोरिङ खन्ने काम सुरु भइसकेको जानकारी दिएका छन् ।
तराई क्षेत्रमा सिँचाइको अभावलाई ध्यानमा राख्दै शुरु गरिएको यो योजनाले किसानलाई ठूलो राहत पुग्ने प्रधानमन्त्रीको भनाइ छ । उनका अनुसार डिपबोरिङमार्फत सिँचाइ गर्न प्रयोग हुने बिजुलीको शुल्क प्रतियुनिट तीन रुपैयाँ मात्र हुनेछ ।
सुक्खा प्रभावित क्षेत्रका लागि केन्द्र सरकारले विशेष कार्यक्रम सञ्चालन गरिरहेको पनि उनले बताए ।
यसअघि सरकारले मधेश प्रदेशका आठ जिल्लालाई सुख्खाग्रस्त घोषणा गरिसकेको छ । यस योजनाअन्तर्गत खानेपानी, सिँचाइ, पशुचौपायाको व्यवस्थापन र कृषिजन्य उत्पादनमा राहत दिने कार्यक्रम सञ्चालन गरिँदैछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology