Logo

२०८३, आश्विन १७गते


images
images

स्वास्थ्य

स्वास्थ्य मन्त्रालयको आर्थिक कारोबार थप पारदर्शी बनाउन कार्यविधि जारी

स्वास्थ्य मन्त्रालयको आर्थिक कारोबार थप पारदर्शी बनाउन कार्यविधि जारी

images
  • स्वास्थ्य मन्त्रालयको आर्थिक कारोबार थप पारदर्शी बनाउन कार्यविधि जारी
    images
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय अन्तर्गतका कार्यालयहरुको आर्थिक व्यवस्थापनलाई पारदर्शी तथा व्यवस्थित बनाउन कार्यविधि जारी गरेका छन् ।

    images
    images
    images

    कार्यविधिले मन्त्रालय तथा अन्र्तगतका कार्यालयहरुको आर्थिक कारोबार तथा वित्तिय व्यवस्थापनलाई नियमअनुसार थप स्पष्ट तथा थप व्यवस्थित गर्नें अपेक्षा गरिएको छ । साथै मन्त्रालयमा आर्थिक मितव्ययीता तथा प्रणालीगत अनुशासनलाई कार्यविधिले थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    बजेट तर्जुमा, रकमान्तर प्रक्रिया, खर्च नियन्त्रण, बेरुजु  व्यवस्थापन, अन्र्तसम्बन्ध तथा पारदर्शीता जस्ता विषयलाई कार्यविधिले समेटेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

    images
    images
    images

    यस कार्यविधिले मन्त्रालयको आन्तरिक कार्यसम्पादन तथा अभिलेख प्रक्रियालाई प्रभावकारी बनाउने र कर्मचारीहरुलाई यसमा थप जिम्मेवार बनाउने समेत लक्ष्य राखेको छ ।

    कार्यविधिले बजेट तथा कार्यक्रम तर्जुमा गर्दा ध्यान दिनुपर्ने आधारहरु प्रष्ट गरेको छ । रकमान्तर गर्दा ख्याल गर्नुपर्ने विषयलाई समेत कार्यविधिमा थप प्रष्ट पार्ने प्रयास गरिएको छ ।

    कार्यविधिले मन्त्रालय तथा मातहतका कार्यालयहरुमा देखिएको बेरुजु समस्या सम्बोधनमा समेत विशेष मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।