Logo

२०८३, आश्विन ९गते


images
images

तीज विशेष

देवदहमा ‘तीज क्विन’ प्रतियोगिता हुने

देवदहमा ‘तीज क्विन’ प्रतियोगिता हुने

images
  • देवदहमा ‘तीज क्विन’  प्रतियोगिता हुने
    images
    images

    देवदह । नेपाल ब्युटी प्याराडाइज प्रालि को आयोजनामा ‘तीज क्विन’ देवदह २०८२  हुने भएको छ । यसअघि २ वटा संस्करण आयोजना गरिसकेको प्रालिले तेस्रो संस्करण स्वरुप तीज क्विन प्रतियोगिता गर्न लागेको हो ।

    images
    images
    images

    देवदहको खैरेनीमा बुधवार पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै कार्यक्रम संयोजक अन्जु श्रेष्ठले यहि साउन १७ गतेबाट सुरु भई भदौ पहिलो साता सम्पन्न गर्नेगरी कार्यक्रम गर्न लागेको जानकारी दिइन् । तीज नेपालीहरुको मौलिक पर्व भएको जनाउँदै श्रेष्ठले तडकभडक रहित ढंगले सरल पहिरनमा सजिनेगरी कार्यक्रम गर्न लागेको बताइन् । ‘विभिन्न व्युटी कन्टेष्टहरुमा सुन्दरतालाई प्रार्थमिकता दिइनेगरेको पाईन्छ । तर हामिले सुन्दरता मात्र नभएर लुकेर रहेको प्रतिभा प्रष्फुटन गर्न गइरहेका छौं ।’ उनले भनिन्, ‘त्यसैले हामिले प्रतियोगितामा मस्ट ट्यालेन्ट, पब्लिक च्वाइस, बेस्ट ड्रेस लगाएतका चरणहरु समावेश गरेका छौं ।’ 

    images
    images
    images

    ४ वटा राउण्डमा सम्पन्न गरिने कार्यक्रममा ओपनिङ डान्स, परिचय राउन्ड, फेसन सो र फाइनल राउण्ड समावेश गरिएको छ । विभिन्न चरण पार गरेको फाईनल विजेताले १० हजार नगद सहित ‘तीज क्विन–२०८२’ को ताज पहिरिनेछन् । त्यसैगरी फस्ट रनर अप र सेकेन्ड रनर अप लाई जनही ७ हजार र पाँच हजार प्राप्त गरिने छ ।

    images
    images
    images


    यो वर्षको तीज क्विनको लागि १० जनाको आवेदन प्राप्त भएको छ । तीन क्विन २०८२ को कोरियोग्राफर सृष्टि शाक्य रहने छन् । उनले प्रतियोगिहरुलाई मोडलिङ के हो र स्टेजमा कसरी प्रस्तुत हुने भन्ने विषयमा जानकारी गराउने छन् ।

    कुल ३ लाख ६५ हजार खर्च अनुमान गरिएको प्रतियोगितामा सहभागिहरुलाई प्रवेश शुल्क वापत पाँच सय रुपैंया र तालिम खर्चका लागि तीन हजार पाँच सय रुपैंया शुल्क तोकिएको छ । तीज क्विनको यस अघि सम्पन्न पहिलो संस्करण देवदहकी कमला अर्याल र दोश्रो संस्करणको उपाधि सृजना श्रेष्ठले हात पारेका थिए । 

    यो सिजनको उपाधि विजेता लाई प्रोफेसनल मेकअप कोर्स प्रदान गर्ने आयोजकको तयारी छ । स्वेक्षा मेकओभरको सहकार्यमा गरिने कार्यक्रमको अवसरमा देवदह क्षेत्रका विभिन्न संघ संस्थाको नेतृत्व गरिरहेका महिला नेतृलाइ सम्मान समेत गरिने जनाइएको छ ।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तीज क्विन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।