Logo

२०८३, कार्तिक २९गते


images
images

भन्सार बिन्दुबाटै ओभरलोड नियन्त्रण गर्न ट्राफिक प्रहरीको सक्रियता

भन्सार बिन्दुबाटै ओभरलोड नियन्त्रण गर्न ट्राफिक प्रहरीको सक्रियता

images
  • भन्सार बिन्दुबाटै ओभरलोड नियन्त्रण गर्न ट्राफिक प्रहरीको सक्रियता
    images

    भैरहवा । नेपाल–भारत सीमाक्षेत्र बेलहियामा सवारी चाप र ट्राफिक अव्यवस्थाको समस्या समाधानका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सिधै भन्सार क्षेत्रमा पुगेर सचेतना र अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।

    images
    images
    images

    जिल्ला ट्राफिक प्रहरी कार्यालय र रुपन्देही भन्सार एजेन्ट संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा सवारीको ओभरलोड, भारतीय ट्याक्सीको अनियमित गतिविधि र अव्यवस्थित पार्किङका विषयमा सरोकारवालाबीच विस्तृत छलफल गरिएको छ ।

    images
    images
    images

    कार्यक्रममा स्थानीय बासिन्दादेखि सुरक्षाकर्मी, व्यवसायी, सामाजिक संघसंस्था र विद्यालय प्रतिनिधिसम्मको सहभागिता रहेको थियो । 

    images
    images

    लामो समयदेखि बेलहिया क्षेत्रमा ट्राफिक अव्यवस्था र भिडभाडका कारण जनजीवनमा परेको असरबारे विभिन्न पक्षबाट आवाज उठ्दै आएको थियो ।

    कार्यक्रमका प्रमुख प्रशिक्षक तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुख प्रहरी निरीक्षक रन्जु केसीले सवारी साधनको ओभरलोड नियन्त्रण गर्नैपर्नेमा जोड दिँदै भन्सार बिन्दुबाटै ट्राफिक नियम कार्यान्वयन गर्न सबैको सहयोग अपरिहार्य भएको बताइन् । उनले सीमाक्षेत्रमा सञ्चालन भइरहेका भारतीय ट्याक्सीको नियमन तथा अव्यवस्थित पार्किङ हटाउनेतर्फ कार्यालयले ठोस कदम चालेको जानकारी दिइन् ।

    भन्सार एजेन्ट संघका अध्यक्ष मधु पन्थीले ट्राफिक व्यवस्थापनको समस्या समाधानका लागि संघ पूर्णरूपमा सहकार्य गर्न तयार रहेको धारणा राखे । उनले ट्राफिक व्यवस्था सहज बनाउने र दुर्घटना न्यूनीकरण गर्न संघले आवश्यक पहल गरिरहेको बताए ।

    भन्सार अधिकृत रामप्रसाद रेग्मीले भन्सार क्षेत्रमा अनावश्यक भिडभाडले कामकाजमा असर पारेको भन्दै त्यसको समाधानका लागि ट्राफिक प्रहरी, नेपाल प्रहरी र सरोकारवाला निकायले सहकार्य गर्नुपर्ने बताए ।

    कार्यक्रममा ट्राफिक प्रहरी, भन्सार कार्यालयका कर्मचारी, भन्सार एजेन्ट संघका सदस्य, सञ्चारकर्मी, शसस्त्र प्रहरी, ट्याक्सी व्यवसायी संघ, बेलहिया गाउँसमाज, रेडक्रस सोसाइटी, लुम्बिनी खुकुरी क्लब, नेपाल–भारत मैत्री संघ, बेलहिया माध्यमिक विद्यालय, सोटो नेपाल, गृहलक्ष्मी समूह, बेलहिया आमा समूह, आफन्त नेपाल, ज्ञानपथ आमा समूह, भूपू सैनिक संघलगायत दर्जनभन्दा बढी संघसंस्थाको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।