Logo

२०८३, आश्विन १०गते


images
images

विश्व व्यापार

अमेरिकाको भारतलाई २५ प्रतिशत कर, रुससँग तेल र हतियार किनेको जरीवाना समेत लगाउने

अमेरिकाको भारतलाई २५ प्रतिशत कर, रुससँग तेल र हतियार किनेको जरीवाना समेत लगाउने

images
  • अमेरिकाको भारतलाई २५ प्रतिशत कर, रुससँग तेल र हतियार किनेको जरीवाना समेत लगाउने
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि भारतमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।

    images
    images
    images

    ट्रम्पले सामाजिक सञ्जाल मार्फत भारतले रूसबाट हतियार र तेल किनिरहेको कारण २५ प्रतिशत करसहित जरिवाना पनि लगाउने बताएका छन् । उनले  अमेरिकासँग भारतको व्यापार घाटा धेरै उच्च रहेकोले उनीहरूले भारतीय सामानहरूमा कर लगाइने बताए ।

    images
    images
    images

    ट्रम्पले भनेका छन्- 'भारत अमेरिकाको मित्र हो, तर पछिल्ला केही वर्षहरूमा अमेरिकाले भारतसँग कम व्यापार गरेको छ किनभने यसको कर धेरै उच्च छ । वास्तवमा, भारतका धेरै नीतिहरूले अमेरिकी कम्पनीहरूलाई व्यापार गर्न कठिनाइहरू सिर्जना गर्छन् । त्यस्तै भारतले अझै पनि आफ्नो अधिकांश हतियार रुसबाट किन्छ । यति मात्र होइन, भारतले चीनसँगै ठूलो मात्रामा तेल र ग्यास पनि रुसबाट किन्छ । यी सबै कारणहरूले गर्दा, अब अमेरिकाले अगस्ट १ देखि भारतबाट आउने सामानहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको छ । यस बाहेक जरिवाना पनि लगाइनेछ ।'

    images
    images
    images

    यसैबीच अमेरिकी अधिकारीहरू द्विपक्षीय व्यापार सम्झौतामा छैटौं चरणको वार्ताको लागि अगस्ट २५ मा भारत आउने बताइएको छ ।

    दुवै देशहरू सेप्टेम्बर-अक्टोबरसम्ममा व्यापार सम्झौताको पहिलो चरण पूरा गर्न काम गरिरहेका छन् । यसका साथै, अन्तरिम व्यापार सम्झौताको सम्भावना पनि खोजी भइरहेको बताइएको छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।