Logo

२०८३, कार्तिक २९गते


images
images

सत्ता संघर्ष

सत्ता संघर्षबीच बागमतीका तीन मन्त्रीले आज शपथ लिँदै

सत्ता संघर्षबीच बागमतीका तीन मन्त्रीले आज शपथ लिँदै

images
  • सत्ता संघर्षबीच बागमतीका तीन मन्त्रीले आज शपथ लिँदै
    images

    काठमाडौं । बागमती प्रदेश सरकारका तीन नवनियुक्त मन्त्रीको शपथग्रहण आज दिउँसो हुँदैछ । मुख्यमन्त्री बहादुरसिंह लामाले बुधवार नियुक्त गरेका मन्त्री गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठले बिहीवार दिउँसो १ बजे प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।   

    images
    images
    images

    नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यतालिका परेको कारण नयाँ मन्त्रीहरुले शपथ ढिलो गराइएको बुझिएको छ  । बुधवार सम्पन्न निर्वाचनमा इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री लामा विरुद्ध स्पष्ट बहुमतका साथ विजय हासिल गरेका थिए ।

    images
    images
    images

    संसदीय दलको नेतृत्व गुमाएका लामालाई राजीनामा दिन दवाव परिरहेको छ । तर लामाले दलको नेता नभएको आधारमा मुख्यमन्त्री पद छाड्नुपर्ने संवैधानिक व्यवस्था नरहेको तर्क अघि सारेका छन् । उनी संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । लामा भन्छन्– संसदीय दलको नेतामात्र नभएर पनि संविधानले बहुमतको आधारमा मुख्यमन्त्री बन्ने अधिकार दिएको छ ।

    images
    images

    सत्ता संघर्ष चुलिँदो क्रममा छ । एकातिर बानियाँले लामालाई ‘इमान्दारीपूर्वक’ राजीनामा दिन चेतावनी दिइरहेका छन् भने अर्कातिर लामाले बानियाँ पक्षका चार मन्त्री हटाएर तीन नयाँ मन्त्री नियुक्त गरिसकेका छन् । मंगलबार बानियाँ निकटका अर्का मन्त्रीले राजीनामा दिएपछि पाँच मन्त्रालय रिक्त भएका थिए ।

    लामाले नियुक्त गरेका मन्त्रीहरु मध्ये गोविन्द लम्साललाई आन्तरिक तथा कानुन मन्त्रालय, गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालय र माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । तीनै जना नेपाली कांग्रेसका हुन् । लम्साल कांग्रेस संसदीय दलका प्रमुख सचेतक थिए भने गुरुङ सचेतकको भूमिकामा थिइन् । लम्साल धादिङका हुन् भने गुरुङ र श्रेष्ठ चितवनका हुन् ।

    मुख्यमन्त्री लामाले संस्कृति तथा पर्यटन र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय आफैंले सम्हालेका छन् । १४ मन्त्रालय रहेको बागमतीमा ६ मन्त्रालय नेकपा एमालेको जिम्मामा छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।