Logo

२०८३, कार्तिक २९गते


images
images

नाउपाको अध्यक्षमा लालवीर चौधरी सर्वसम्मत चयन

नाउपाको अध्यक्षमा लालवीर चौधरी सर्वसम्मत चयन

images
  • नाउपाको अध्यक्षमा लालवीर चौधरी सर्वसम्मत चयन
    images

    काठमाडौँ । नागारिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा लालवीर चौधरी सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा सम्पन्न नाउपाको राष्ट्रिय भेलाले सांसदसमेत रहेका चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

    images
    images
    images

    यसअघि भेलाले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गर्ने निर्णय गरेको थियो । विधान विपरीत पोखरा निवासी शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष बनाएपछि बसेको भेलाले श्रेष्ठलाई कारवाही गरेको थियो । बहुमत संस्थापक सदस्यको बैठक बोलाएर रञ्जितालाई २४ घन्टे स्पष्टीकरण सोधिएको थियो र रञ्जिताले स्पष्टीकरण पेस नगरेपछि अनुशासन समितिले राष्ट्रिय भेलामा कारबाहीका लागि प्रस्ताव पेस गरेको थियो । बुधाबर भेलाको पहिलो बैठकले अध्यक्ष श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्ने निर्णय गरेको थियो ।

    images
    images
    images

    अर्कोतर्फ रञ्जिताले भने आफु अहिले पनि नाउपाको अध्यक्ष रहेको भन्दै विधान विपरित बोलाइएको भेला नमान्ने बताएकी छन् । रञ्जिताले पार्टी विरोधी गतिबिधि गरेको भन्दै संसदीय दलका नेता गंगाराम चौधरीलाई २४ घन्टे स्पष्टिकरण सोधेकी छन् ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।