Logo

२०८३, कार्तिक २९गते


images
images

ट्राफिक सचेतना

विद्यालयमा ट्राफिक सचेतना : विद्यार्थीलाई नियम सिकाउँदै ट्राफिक प्रहरी

विद्यालयमा ट्राफिक सचेतना : विद्यार्थीलाई नियम सिकाउँदै ट्राफिक प्रहरी

images
  • विद्यालयमा ट्राफिक सचेतना : विद्यार्थीलाई नियम सिकाउँदै ट्राफिक प्रहरी
    images

    भैरहवा । ट्राफिक नियम नजान्दा हुने लापरवाही र त्यसबाट हुने दुर्घटनाले कहिलेकाहीँ जीवन नै लिन्छ । यस्ता जोखिम कम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सक्रियता देखाएको छ । 

    images
    images
    images

    बिहीवार भैरहवाको पश्चिमाञ्चल इङ्गलिस स्कुलमा कक्षा ८, ९ र १० मा अध्ययनरत दुई सयभन्दा बढी विद्यार्थीलाई ट्राफिक सचेतना तथा दुर्घटना न्यूनिकरणसम्बन्धी तालिम दिइएको जनाइएको छ ।

    images
    images
    images

    कार्यक्रममा ट्राफिक नियम, सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू, सवारी चालक अनुमतिपत्रको आवश्यकता, ट्राफिक चिन्हको महत्त्व, पैदल यात्रा र सडक पार गर्ने शैलीजस्ता विषयमा विद्यार्थीलाई प्रशिक्षण दिइएको थियो । 

    images
    images

    स्कुलमै पुगेका ट्राफिक प्रहरीहरूले पाठ्यक्रमभन्दा फरक तर जीवनोपयोगी कुरा सिकाएका थिए ।

    ट्राफिक सचेतना (1).jpg

    जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुख प्रहरी निरीक्षक रन्जु केसीले तालिम दिँदै जेब्राक्रस प्रयोग, दायाँ छेउबाट हिँड्नुपर्ने आवश्यकता र सवारी चलाउँदा सवारी दर्ता प्रमाणपत्र अनिवार्य हुनुपर्ने कुरामा जोड दिइन् ।

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले पछिल्लो समय ट्राफिक नियमको अवहेलनाले दुर्घटनाको दर बढेको भन्दै विद्यालयबाटै सचेतना फैलाउनु जरुरी भएको बताए ।  'ट्राफिक नियम थाहा नपाएर होइन, बेवास्ता गरेर बढी दुर्घटना हुन्छ' अध्यक्ष राजमाझीले भने ।

    विद्यालयका प्राचार्य राजु ढकालले सचेतनामुलक कार्यक्रम विद्यार्थीका लागि अत्यन्त उपयोगी भएको बताउँदै बार्षिक रूपमा निरन्तर हुनुपर्ने आवश्यकता औँल्याए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।