Logo

२०८३, कार्तिक २९गते


images
images

मौसम

देशभर मनसुन सक्रिय, आज पनि वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, आज पनि वर्षाको सम्भावना

images
  • देशभर मनसुन सक्रिय, आज पनि वर्षाको सम्भावना
    images

    काठमाडौँ । देशभर मनसुन सक्रिय अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ भने मनसुनी वायुको प्रभाव देशभर कायम रहेको छ ।

    images
    images
    images

    हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली छ । मधेश प्रदेशमा मौसम मुख्यतः सफा देखिएको छ, यद्यपि केही स्थानमा आंशिक बदली पनि देखिएको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने अन्य प्रदेशका एक-दुई स्थानमा पनि वर्षा जारी छ ।

    images
    images
    images

    आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।