Logo

२०८३, आश्विन ९गते


images
images

सत्याग्रह

अनशनरत मेयर भट्टराई अस्पताल भर्ना : सरकारसँगको वार्ता निष्कर्षविहिन

अनशनरत मेयर भट्टराई अस्पताल भर्ना : सरकारसँगको वार्ता निष्कर्षविहिन

images
  • अनशनरत मेयर भट्टराई अस्पताल भर्ना : सरकारसँगको वार्ता निष्कर्षविहिन
    images
    images

    काठमाडौँ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको आमरण अनशनबारे भएको वार्ता निष्कर्षविहीन भएको छ । विहिवार सरकार पक्ष र अनशनरत पक्षबीच भएको वार्ता निष्कर्षविहीन भएको हो ।

    images
    images
    images

    वार्ता टोलीका सदस्य तथा दिक्तेल रूपाकोट मझुवागढी नगारपालिकाका प्रवक्ता दिनेशकुमार घिमिरेका अनुसार एक साताभित्र बाँसको नम्स, दर रेट तथा बिल्डिङ कोड निर्धारण गर्नुपर्ने भन्ने विषयमा कुरा नमिलेका कारण सहमतिमा पुग्न नसकेको हो । 

    images
    images
    images

    साउन १४ गतेदेखि माइतीघरमा अनसन गरिरहेका भट्टराईको स्वास्थ्यमा समस्या आएपछि गएरातीदेखि वीर अस्पतालमा भर्ना गरिएको छ ।

    images
    images
    images

    बाँदर लगायत अन्य वन्यजन्तुबाट कृषी तथा खाद्यान्न उत्पादनमा पुर्याएको क्षति, विश्वव्यापी जलवायु परिवर्तन, पर्यावरणीय संकट तथा बाँस, गाँजा लगायतका वनस्पतीको बिल्डिङ कोड र नम्स तयार गर्दै स्थानीय श्रोत–साधनको समुचित उपयोगसँग सम्बन्धित ७ बुँदे माग सहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख भट्टराईले सत्याग्रहको घोषणा गरेका हुन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अनशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।