Logo

२०८३, आश्विन १०गते


images
images

ह्वाइटहाउसकी प्रेस सचिव लेभिट भन्छिन् : ट्रम्पलाई नोबेल पुरस्कार दिने समय आयो

ह्वाइटहाउसकी प्रेस सचिव लेभिट भन्छिन् : ट्रम्पलाई नोबेल पुरस्कार दिने समय आयो

images
  • ह्वाइटहाउसकी प्रेस सचिव लेभिट भन्छिन् : ट्रम्पलाई नोबेल पुरस्कार दिने समय आयो
    images
    images

    काठमाडौँ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने समय आएको बताएकी छिन् ।

    images
    images
    images

    लेभिटले राष्ट्रपति ट्रम्पले इजरायल-इरान र भारत-पाकिस्तान बीचको द्वन्द्व सहित छ वटा द्वन्द्व रोकेको दाबि गर्दै ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने समय आएको बताएकी हुन् ।

    images
    images
    images

    ह्वाइटहाउसमा प्रेस ब्रिफिङको क्रममा उनले भनिन्- 'डोनाल्ड ट्रम्पले थाइल्याण्ड र कम्बोडिया, इजरायल र इरान, रुवान्डा र कंगो गणराज्य, भारत र पाकिस्तान, सर्बिया र कोसोभो, र इजिप्ट र इथियोपिया बीचको द्वन्द्व समाप्त गरेका छन् । यसको अर्थ राष्ट्रपति ट्रम्पले आफ्नो छ महिनाको कार्यकालमा प्रत्येक महिना औसतमा एउटा शान्ति सम्झौता वा युद्धविरामको मध्यस्थता गर्नुभएको छ । अब राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने समय आएको छ ।'

    images
    images
    images

    यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिन सिफारिस गरेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।