Logo

२०८३, कार्तिक २९गते


images
images

सुख्खा मधेस

डिप बोरिङ क्षणिक हो, सुनकोशीको पानी सिंचाईमा प्रयोग गरौं : डा. वाग्ले

डिप बोरिङ क्षणिक हो, सुनकोशीको पानी सिंचाईमा प्रयोग गरौं : डा. वाग्ले

images
  • डिप बोरिङ क्षणिक हो, सुनकोशीको पानी सिंचाईमा प्रयोग गरौं  : डा. वाग्ले
    images

    जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले मधेसको सुख्खाको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन् । 

    images
    images
    images

    रास्वपाका प्रवक्ता मनिष झासँग धनुषाको हंसपुर नगरपालिकास्थित सुख्खाग्रस्त खेतको अवलोकन गर्दै डा. वाग्लेले मधेसको मात्र होइन, समग्र राष्ट्रकै समुन्नतिका लागि सुनकोशी-मरिन डाइभर्सन महत्त्वपूर्ण भएको बताएका छन् ।

    images
    images
    images

    डा. वाग्लेले खडेरीका कारण धानको बिउ सुक्दै गएको र खेत बाँझो रहेको दृश्यहरु देखाउँदै लहलह धान फल्ने ठाउँमा अहिले बिउहरू सुक्दै गएको आफुहरुले देखेको बताए । उनले चुरेको दोहन, पानी संचय गर्ने परम्परागत विधि क्षय भएको, आधुनिकीकरणका कारणले र अझ बृहत रुपमा जलवायु परिवर्तनको असरका कारण यस्तो भएको बताए ।

    images
    images

    उनले मधेसको यो संकट समाधानका लागि तत्काल ५०० वटा डिप बोरिङ गर्ने वा ‘क्लाउड सिडिङ’ मार्फत कृत्रिम वर्षा गराउने जस्ता अल्पकालीन उपायमाथि बहस भइरहेको भएपनि यसका लागि दिर्घकालिन समाधान खोज्नुपर्ने बताए ।

    उनले भने- 'मधेसको रुपान्तरणका लागि मात्र होइन, समग्र राष्ट्रकै समुन्नतिका लागि सुनकोशी-मरिन डाइभर्सन महत्त्वपूर्ण छ । सुनकोशी नदीको पानी १३-१४ किलोमिटरको सुरुङबाट मरिन खोलामा मिसाएर धनुषा, महोत्तरी, रौतहट, सर्लाहीसम्म १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य छ रे काम असाध्यै ढिलो भयो । ‘टनेलको ‘ब्रेक-थ्रु’ त भयो तर बाँकी काम सम्पन्न हुन अझै वर्षौं लाग्ने अनुमान छ । यसमा तदारुकता देखाउनुपर्ने देखियो ।

    डा. वाग्लेले सिँचाइ सुविधाले मात्रै देशको कृषिमा क्रान्ति ल्याउन सक्ने बताउँदै बंगलादेश र भारतको सिंचाईबाट हरित क्रान्ति गरेको उल्लेख गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।