देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा शुक्रबार विविध शैक्षिक र सिर्जनात्मक कार्यक्रम सम्पन्न भएका छन् । विद्यालयको वार्षिक शैक्षिक पात्रोअनुसार विद्यार्थीको अन्तरनिहित प्रतिभा अभिव्यक्त गर्ने उद्देश्यले अतिरिक्त क्रियाकलाप आयोजना गरिएका विद्यालयले जनाएको छ ।
निम्न माध्यमिक, कक्षा ९-१० र कक्षा ११-१२ का विद्यार्थीका लागि फरक फरक विधामा प्रतियोगिता सञ्चालन गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीले जानकारी दिए ।
जसअनुसार नि.मा.वि.तर्फ 'सूचना प्रविधिको महत्व' शीर्षकमा निबन्ध लेखन प्रतियोगिता, कक्षा ९ र १० का विद्यार्थीले 'कृत्रिम बुद्धिमत्ता (एआई टेक्नोलोजी) का फाइदा र बेफाइदा' विषयमा लेखन प्रस्तुत गरेको जनाइएको छ । यस्तै, कक्षा ११-१२ विद्यार्थीको लागि चेस प्रतियोगिता आयोजना गरिएको थियो ।
विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापहरूको विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरे, सहायक प्रिन्सिपल वेद सूर्यवंशी र रोशी गुरुङ, नि.मा.वि. इन्चार्ज अनन्ताराम भण्डारी, मा.वि. इन्चार्ज मुक्ति विश्वकर्मा लगायत शिक्षकहरूले अवलोकन गरेका थिए ।
प्रतियोगिताको मूल्याङ्कनपश्चात विजयी विद्यार्थीको नाम सार्वजनिक गरिने र आइतबार बिहानको प्रार्थना सभामा पुरस्कार वितरण गरिने विद्यालयाले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology