Logo

२०८३, कार्तिक २९गते


images
images

एमालेमा मदन भण्डारीको सपना भत्काइदैछ : युवा नेता खरेल

एमालेमा मदन भण्डारीको सपना भत्काइदैछ : युवा नेता खरेल

images
  • एमालेमा मदन भण्डारीको सपना भत्काइदैछ : युवा नेता खरेल
    images

    काठमाडौं  । नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशका 'निलम्बित' अध्यक्ष सुरज खरेलले आफूमाथि भएको निलम्बनलाई 'नेकपा (एमाले) को आत्मामाथिको हमला' भन्दै यसको विरोध गरेका छन् । उनले यसलाई जनताको बहुदलीय जनवाद (जबज) माथि प्रहार भएको र यो सत्यको पक्षमा उठिरहेको वैचारिक जागरणको भ्रूणहत्या गर्ने कायरतापूर्ण षड्यन्त्र भएको बताए । 

    images
    images
    images

    शनिवार पत्रकार सम्मेलन गर्दै उनले आफूलाई निलम्बन गर्ने निर्णयलाई 'कलङ्कित र अवैध कागजको टुक्रा' भन्दै त्यसलाई इतिहासले रद्दीको टोकरीमा फाल्ने घोषणा गरेका छन् । उनले आफ्नो लडाइँ पदका लागि नभएर गुमेको पद्धति र प्रतिष्ठा फर्काउनका लागि भएको उल्लेख गरे ।  पार्टी निर्माणको लडाइँ व्यक्तिगत स्वार्थको लागि नभई, समग्र आन्दोलनको भविष्य र मदन भण्डारीको सपनाको रक्षाका लागि भएको उनको भनाइ छ ।

    images
    images
    images

    उनले आफू कुनै व्यक्तिको नभई जबजको विचारको पक्षधर भएको उनले स्पष्ट पारेका छन् । २०५९ सालमा अनेरास्ववियुबाट राजनीति सुरु गरेको उल्लेख गर्दै   खरेलले २०७२ सालमा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय संगठन विभाग सदस्य, २०७६ मा केन्द्रीय सदस्य, २०७७ मा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशको सह-संयोजक र अन्ततः २०८० सालमा प्रदेश कमिटीको अध्यक्षमा निर्वाचित भएर पार्टी र संगठनलाई योगदान गरेको बताए ।

    images
    images

    खरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सानो गुटको शक्तिको अगाडि झुकेर विचारको हत्या गरिरहेको आरोप लगाएका छन् । उनले आफ्नो निलम्बनलाई निषेधको राजनीतिको अर्को कुरुप अध्याय र पार्टीको आफ्नै आदर्शको मृत्युपत्र भनेका छन् ।

    पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा खरेलले मदन भण्डारीले 'जनताको बहुदलीय जनवाद' नामक महान् पथ कोरेको र गल्ती स्वीकार्ने तथा सच्चिने हिम्मतलाई कम्युनिस्टको सबैभन्दा ठूलो शक्ति मानेको उल्लेख गरेका छन् । तर, अहिले संगठनमा आलोचनालाई अपराध र आत्मालोचनालाई कायरता ठान्ने अहंकार मौलाएको भन्दै उनले यसले जबजको अपमान गरेको बताए ।

    खरेलले दशौं राष्ट्रिय महाधिवेशनमा फरक विचार राख्नेहरूको चरित्र हत्या गर्ने प्रयास भएको आरोपसमेत लगाएका छन् । उनले नेतृत्वको वरिपरि नेताको हरेक गलत निर्णयमा पनि 'वाह ! वाह !' गर्ने भजनमण्डली खडा भएको र यिनीहरूले नेता र कार्यकर्ताबीच फलामे पर्खाल खडा गरिदिएको बताएका छन् । उनले आफूले यही दुर्गन्धविरुद्ध आवाज उठाउँदा 'नेतृत्वको अपमान' गरेको आरोप लागेकोमा सत्य बोल्नु अपमान हो ? भनी प्रश्न गरेका छन् ।

    उनले विद्यादेवी भण्डारीले लिएको 'विराट र ऐतिहासिक निर्णय' को समर्थन गर्दै यो निर्णय व्यक्तिगत सुख र सुविधाको लागि नभई एउटा आमाले आफ्नो सन्तान मरिरहेको हेर्न नसकेर लिएको निर्णय भएको बताएका छन् । विद्यादेवी भण्डारीले मदन भण्डारीले बनाएको पार्टी गुटबन्दीको क्यान्सरले छियाछिया भएको देखेको र हजारौं इमान्दार कार्यकर्ताहरूको चित्कार सुनेको उनको भनाइ छ । 

    देशको पहिलो महिला राष्ट्रपतिको रूपमा विद्यादेवी भण्डारीले इतिहास रचेको तर, अहिले त्यही ऐतिहासिक पात्रलाई पार्टीको साधारण सदस्यता दिन मिल्छ कि मिल्दैन भनेर बहस गर्ने दुस्साहस गरिएको भन्दै उनले यसलाई वैचारिक दिवालियापन भनेका छन् ।

    उनले पार्टीभित्र लडाइँको सुरुवात मात्र भएको र यो आगोले आन्दोलनभित्रका सबै फोहर र अवसरवादलाई जलाएर खरानी बनाउने तथा त्यही खरानीबाट जबजको जगमा एउटा नयाँ, सुदृढ र क्रान्तिकारी संगठनको पुनर्जन्म हुने बताएका छन् ।

    गरे आफूमाथि लगाइएका चार आरोपहरूको खण्डन 

    महाधिवेशनमा अशिष्ट व्यवहार र दुर्व्यवहार गरेको आरोप : यसको खण्डन गर्दै उनले त्यो कुनै सामान्य निर्वाचन नभई लोकतन्त्रको हत्या गर्ने सुनियोजित षड्यन्त्र भएको बताएका छन् । उनले निर्वाचन मण्डलका सदस्य तथा युवा संघका इन्चार्ज राजीव पहारी र जनवर्गीय संगठन संयन्त्रका प्रमुख तथा निर्वाचन मण्डलका अध्यक्ष भानुभक्त ढकालले फरक विचार राख्ने प्रतिनिधिहरूलाई धम्की दिइरहेको देखेको दाबी गरेका छन् ।

    प्रतिनिधिहरूलाई धम्काएको आरोप : यसको खण्डन गर्दै उनले आफूले कुनै प्रमाण नभएको र यो एउटा कपोलकल्पित कथा मात्र भएको बताएका छन् । उनले धम्की आफूले नभएर फरक विचार राखेका प्रतिनिधिहरूले खेपिरहेको र आफूले उनीहरूलाई ढाडस दिएको बताएका छन् ।

    सामाजिक सञ्जालमा पार्टी नेतृत्वलाई लाञ्छना लगाएको आरोप : यसको खण्डन गर्दै उनले आफूले केपी ओलीको योगदानलाई कमजोर बनाउन नखोजेको, तर बालकोट वरिपरिका 'चाकडीवादिहरूले एमालेलाई गुटको पार्टी बनाउन खोजेको' भनेर लेखेको स्वीकार गरेका छन् । उनले यो लाञ्छना नभई पार्टी मर्दै गरेको देख्दाको पीडाको चित्कार भएको बताएका छन् ।

    केन्द्रको निर्देशन अवज्ञा गरेको आरोप : यसको खण्डन गर्दै उनले केही नेताहरूको अहंकारको तुष्टीकरण गर्नका लागि लुम्बिनीका हजारौं युवाहरूको म्यान्डेटलाई अपमान गर्ने निर्देशनको अवज्ञा गरेको स्वीकार गरेका छन् । उनले आफूलाई अध्यक्ष लुम्बिनीका हजारौं युवा कार्यकर्ताहरूले बनाएको र आफ्नो जवाफदेहिता उनीहरूको सपनाप्रति भएको बताएका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।