देवदह । देवदहमा 'तीज क्विन देवदह २०८२' सुरु भएको छ । शनिवार एक कार्यक्रम बीच प्रतियोगिता सुरु भएको आयोजकले जनाएको छ ।
'तीज क्विन देवदह २०८२' को आयोजना स्वेक्षा मेकओभरको सहकार्यमा नेपाल ब्युटी प्याराडाइजले गरेको हो । यसअघि २ वटा संस्करण आयोजना गरिसकेको ब्युटी प्याराडाइजले तेस्रो संस्करण स्वरुप 'तीज क्विन २०८२' गर्न लागेको आयोजक अन्जु श्रेष्ठले जानकारी दिइन् ।
प्रतियोगिता भदौ पहिलो सातासम्म सम्पन्न संचालन हुने जनाइएको छ । तीज नेपालीहरुको मौलिक पर्व भएको जनाउँदै आयोजक श्रेष्ठले तडकभडकरहित ढंगले सरल पहिरनमा सजिनेगरी कार्यक्रम गर्न लागेको बताइन् । ‘विभिन्न व्युटी कन्टेष्टहरुमा सुन्दरतालाई प्रार्थमिकता दिइने गरेको पाईन्छ । तर हामिले सुन्दरता मात्र नभएर लुकेर रहेको प्रतिभा प्रष्फुटन गर्न गइरहेका छौं ।’ उनले भनिन्, ‘हामिले प्रतियोगितामा मस्ट ट्यालेन्ट, पब्लिक च्वाइस, बेस्ट ड्रेस लगायतका चरणहरु समावेश गरेका छौं ।’
४ वटा राउण्डमा सम्पन्न गरिने कार्यक्रममा ओपनिङ डान्स, परिचय राउन्ड, फेसन सो र फाइनल राउण्ड हुनेछ । फाईनल विजेताले १० हजार नगदसहित ‘तीज क्विन–२०८२’ को ताज पहिरिनेछन् । त्यसैगरी 'फस्ट रनर अप' र 'सेकेन्ड रनर अप'लाई जनही ७ हजार र पाँच हजार प्रदान गरिने छ ।
तीज क्विन देवदह - २०८२ को लागि १० जना महिला प्रतिष्पर्धामा छन् । यस अघि पहिलो र दोस्रो सिजनको प्रतियोगितामा क्रमश: कमला अर्याल र सिर्जना श्रेष्ठले तीज क्विन देवदहको उपाधि जितेका थिए ।

तीज क्विन २०८२ को कोरियोग्राफर सृष्टि शाक्य रहने छन् । उनले प्रतियोगिहरुलाई मोडलिङ के हो र स्टेजमा कसरी प्रस्तुत हुने भन्ने विषयमा जानकारी गराउने जनाइएको छ ।
३ लाख ६५ हजार खर्च अनुमान गरिएको प्रतियोगितामा सहभागिहरुलाई प्रवेश शुल्क वापत पाँच सय रुपैंया र तालिम खर्चका लागि तीन हजार पाँच सय रुपैंया शुल्क तोकिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology