Logo

२०८३, कार्तिक २९गते


images
images

स्थायी कमिटी बैठक

माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा धारणा राख्नेक्रम जारी, आज पनि बस्ने

माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा धारणा राख्नेक्रम जारी, आज पनि बस्ने

images
  • माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा धारणा राख्नेक्रम जारी, आज पनि बस्ने
    images

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को शुक्रवारदेखि सुरू भएको स्थायी कमिटीको बैठक आज पनि बस्ने  छ ।

    images
    images
    images

    शनिवारको बैठकमा १८ जना स्थायी कमिटी सदस्य, ५ जना पदाधिकारी र एक जना अनुशासन आयोगका पदाधिकारीले धारणा राखेका थिए । अब बैठक आइतवार पुनः ११ बजे देखि सुचारू हुने भएको छ ।

    images
    images
    images

    शुक्रवार शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्र बोलेका थिए ।  बैठकमा प्रचण्डले पोखरामा पुगेर रोकिएको अभियानलाई भदौ दोस्रो सातापछि लमजुङबाट पुन: सुरु गर्ने प्रस्ताव गरेका थिए । 

    images
    images

    बैठकमा प्रचण्डले अभियानका साथै समाजवादी मोर्चा, पार्टीको आन्तरिक एकता र आगामी केन्द्रीय कमिटीबारे जानकारी गराएको पोखरेलले बताए । साथै प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठक दशैं र तिहारको बीचमा बस्ने प्रस्ताव समेत गरेका छन् । 

    बैठकमा प्रचण्डले उपमहासचिव जनार्दन शर्मालाई सार्वजनिक मञ्चमा पार्टी नेतृत्वको विरुद्ध बोलेको भन्दै सचेत गराएका थिए । पार्टीमा अन्तरसंघर्ष बढिरहेकै बेला बैठकमा प्रचण्डले आफ्नो विचार आन्तरिक बैठकमा राखेर समाधान गर्नुपर्ने भन्दै सचेत गराएका थिए ।

    प्रचण्डले बैठकमा भनेका थिए- 'जनार्दनजीले बाहिर बोल्नु राम्रो हुँदैन, पार्टीको विधि र पद्धतिभित्र रहनुपर्छ  । पार्टीभित्र नेतृत्वको विरोध गर्न पाइन्छ । महाधिवेशन गरौं, केन्द्रीय समिति बैठकमा आफ्नो कुरा राखौं । अन्य कमरेडले पनि आफ्नो कुरा पार्टीभित्रै राखौं ।’ 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।