Logo

२०८३, कार्तिक २९गते


images
images

मौसम

देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

images
  • देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
    images

    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालका तराई नजिक, सरदर स्थानको उत्तरतर्फ अवस्थित छ ।

    images
    images
    images

    देशभर पूर्णतया बदली रहेको वर्तमान मौसमस्थितिमा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसमविद्हरूका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहने अनुमान गरिएको छ भने अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यस्तै, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षा हुने संकेत पनि देखिएको छ ।

    images
    images
    images

    कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भने भारीदेखि अत्यधिक वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ । आगामी केही दिन मनसुन सक्रिय रहने भएकाले मधेश प्रदेशसहित देशभर मौसमको प्रभाव कायमै रहने संकेत गरिएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।