Logo

२०८३, आश्विन १०गते


images
images

ओली प्रस्ताव : रावल र भुसाल 'आउट', दुई पोख्रेललाई राहत, नेम्वाङ र पौडेललाई चिसो पानी

ओली प्रस्ताव : रावल र भुसाल 'आउट', दुई पोख्रेललाई राहत, नेम्वाङ र पौडेललाई चिसो पानी

images
  • ओली प्रस्ताव : रावल र भुसाल 'आउट', दुई पोख्रेललाई राहत, नेम्वाङ र पौडेललाई चिसो पानी
    images
    images

    चितवन ।  एमालेको १० औं महाधिवेशनको बन्दसत्रमा  सर्वसम्मतिका लागि भन्दै अध्यक्ष केपि शर्मा ओलीले नयाँ प्रस्ताव ल्याएका छन् । जसमा वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल र महासचिवमा शंकर पोखरेललाई प्रस्ताव  गरिएको छ ।

    images
    images
    images


    पार्टी अध्यक्ष दावी गरिरहेका भिम रावल वरिष्ठ उपाध्यक्ष दावी गरिरहेका घनश्याम भुसालको नाम नै नरहेको उक्त प्रस्तावमा एमाले भित्रका अर्का बौद्धिक नेता सुवास नेम्वाङ र लुम्बिनी प्रदेशमा राम्रो पकड राख्ने सालीन नेता विष्णु पौडेलको ईच्छामा पनि चिसो पानी खन्याईएको महाधिवेशनकै प्रतिनिधिले बताउँछन । वरिष्ठ उपाध्यक्ष दावी गरिरहेका नेम्वाङको नाम ६ जना उपाध्यक्षहरूको अन्तिममा राखिएको छ, भने महासचिव दावी गरिरहेका पौडेललाई उपाध्यक्षमा पुर्याईएको छ ।

    images
    images
    images


    पार्टीभित्र भीम रावल यस अघिका उपाध्यक्ष हुन् भने घनश्याम भुसाल उप महासचिव । यसैगरि ओलीले महासचिव प्रस्ताव गरेका शंकर पोखरेल नवौं महाधिवेशनमा उपमहासचीवमा पराजित नेता हुन् । एमाले सचिव भइसकेका उनी लुम्बनी प्रदेशका पूर्व मुख्यमन्त्री पनि हुन् ।

    images
    images
    images


    यसैगरी इश्वर पोखरेल यस अघि एमालेको दुई कार्यकाल महासचिव भएका थिए ।


    प्रस्ताव अनुसार ६ जना उपाध्यक्षमा युवराज ज्ञवाली अष्टलक्ष्मी शाक्य सुरेन्द्र पाण्डे रामबहादुर थापा विष्णु पौडेल र सुवास नेम्वाङ छन् । त्यस्तै ३ जना उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल लाई प्रस्ताव गरिएको छ । सात जना सचिवमा टोपबहादुर रायमाझी, छवीलाल विश्वकर्मा, लेखराज भट्ट, रघुविर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल छन् । 


    यसरी सर्वसम्मतिको भनिएको ओली प्रस्तावले रावल र भुसाललाई 'आउट' नै गरेको छ भने ईश्वर र शंकर दुई पोख्रेललाई राहत दिएको छ । त्यसैगरी एमाले र माओवादीको एकीकृत पार्टी नेकपामा महासचिवको जिम्मेवारी निर्वाह गरिसकेका नेता बिष्णु पौडेलले महासचिव दावी गरिरदा उनलाई उपाध्यक्षमा लगिएको छ भने वरिष्ठ उपाध्यक्ष दावी गरेका बौद्धिक नेता नेम्वाङको चाहनामा पनि चिसै पानी खन्याईएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।