Logo

२०८३, कार्तिक २९गते


images
images

मौसम

देशभर मनसुनी प्रभाव सक्रिय, भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव सक्रिय, भारी वर्षाको सम्भावना

images
  • देशभर मनसुनी प्रभाव सक्रिय, भारी वर्षाको सम्भावना
    images

    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई क्षेत्रमा अवस्थित रहेको छ, जसको प्रभावले देशभर मौसम बदली भएको छ ।

    images
    images
    images

    कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आकाश अधिकांश समय बदली रहनेछ । कोशी र मधेश प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

    images
    images
    images

    त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ ।

    images
    images

    आज राति पनि देशभर अधिकांश स्थानमा आकाश बदली रहने महाशाखाले जनाएको छ । कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमान गरिएकाले नदी किनार र पहाडी क्षेत्र आसपासका बासिन्दा तथा सम्बन्धित निकायहरूलाई आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।