Logo

२०८३, कार्तिक ३०गते


images
images

बबई नदीको बीचमा फसेका दुई जनाको सकुशल उद्वार

बबई नदीको बीचमा फसेका दुई जनाको सकुशल उद्वार

images
  • बबई नदीको बीचमा फसेका दुई जनाको सकुशल उद्वार
    images

    बर्दिया ।  बर्दियाको गुलरिया नगरपापिका–५ बालापुरस्थित बबई नदीको बीच भागमा फसेका दुई जनाको साउन २० गते सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

    images
    images
    images

    सोही ठाउँ बस्ने ७५ वर्षिय मोतिलाल चौधरी र ६९ वर्षिय देवी प्रसाद थारु गाईवस्तु चराउन गएको समयमा एक्कासी पानीको बहाव बढेपछि सो नदिको बीच भागमा फसेका थिए ।

    images
    images
    images

    सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दियाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक नविन थापाको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनीहरुलाई मोटर बोटको सहायताले सकुशल उद्वार गरेको हो । उद्वार गरिएको दुवै जनाको अवस्था भने सामान्य रहेको छ ।

    images
    images

    त्यसैगरी बबई नदिमा पानीको बहाव बढ्दै जाँदा सुर्खेत र बर्दियाको विभिन्न स्थानहरु डुवान पर्नसक्ने सम्भावित स्थानहरुमा सशस्त्र प्रहरी परिचालन भई सुरक्षित स्थानमा रहन भनिएको छ । बबई जलमापन केन्द्रमा जलसतह सतर्कता तह ७ दशमल १७ मिटर पुगेको छ भने पानीको सतह बढ्दो क्रममा रहेको छ । जहा पानीको सतह ६ दशमल ८० पुगेपछि खतरा लेवल मानिन्छ ।

    डुवानमा पर्नसक्ने क्षेत्रहरुमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दिया मातहत र नं. ३२ रक्तकाली गण सुर्खेत मातहतको सुरक्षा फौज आवश्यक विपद् व्यवस्थापन सामाग्रीसहित तयारी हालतमा राखिएको छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।