Logo

२०८३, कार्तिक २९गते


images
images

सडक अवरुद्ध

देशका यी सडक खण्ड हाल अवरुद्ध (सूचीसहित)

देशका यी सडक खण्ड हाल अवरुद्ध (सूचीसहित)

images
  • देशका यी सडक खण्ड हाल अवरुद्ध (सूचीसहित)
    images

    काठमाडौँ । लगातारको बर्षापछि देशका विभिन्न सडक अवरुद्ध रहेका छन् । संखुवासभास्थित कोशी राजमार्ग, विपी राजमार्ग, रसुवाको मितेरी पुल, पासाङल्हामु सडक खण्ड, कान्ति लोकपथ लगायतका सडक लामो समयका लागि अवरुद्ध रहेका छन् ।

    images
    images
    images

    १.  संखुवासभा: भोटखोला गा.पा.४ बरुणखोला स्थित कोशी राजमार्ग अबरुद्ध । गत जेठ ६ गतेदेखि संखुवासभाको भोटखोला गाउँपालिका-४ स्थित बरुणखोलामा बाढी आई  ह्युम पाइप बगाएको हुँदा खाँदबारीदेखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रुपमा अवरोध भएको र बर्षातको अबधिभर सुचारु हुन नसक्ने ।

    images
    images
    images

    २- विपि राजमार्ग रातिको समयमा मनसुन अवधिभर बन्द रहने । मनसुन सक्रिय भएकोले बर्षातका कारण विपद्को घटना हुन नदिनको लागि साउन १ गतेदेखि मनसून अवधिभर (प्रत्येक दिन बेलुका ५ बजेदेखि विहान ५ बजे सम्म) १२ घण्टा रातिको समयमा विपि राजमार्गमा सम्पुर्ण सवारी साधन आवागमनमा रोक लगाईएको छ ।

    images
    images

    ३- रसुवामा बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुल क्षति भएको । असार २४ गते रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ स्थित रसुवागढीमा  बाढी आई नेपाल र चीन नाका जोड्ने पुल बढीले बगाउदा सवारी साधन आवत-जावत बन्द भएको छ ।

    ४- ललितपुर र मकवानपुर जोड्ने कान्ति लोकपथको बाटोमा मिति २असार १० गतेदेखि अर्को सुचना नआएसम्मको लागि  बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्मको लागि सम्पुर्ण सवारी साधन आवत-जावतमा रोक लगाईएको छ ।

    ५- रुकुम पश्‍चिमको आठबिसकोट नगरपालिका- ६ स्थितमा  जाजरकोट-डोल्पा सडक खण्ड (भेरी करिडोर)  अबरुद्ध रहेको छ ।असार ९ गतेदेखि रिजिगार खोलामा पानीको वहाब बढेकोले जाजरकोट-डोल्पा (भेरी करिडोर) सडक खण्ड पूर्ण रुपमा अवरोध भएको,मनसुन अवधिभर सञ्चालन नहुने भएको छ ।

    ६- सिन्धुपाल्चोक भोटेकोशी-२ कोदारीस्थित अरनिको राजमार्ग अबरोध रहेको छ । साउन १८ गते सिन्धुपाल्चोकको भोटेकोशी-२ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने ईकु पहिरोमा अबिरल बर्षाका कारण सडक माथिबाट पहिरो झरी बाटो पूर्ण रुपमा अवरुद्ध रहेको छ ।

    ७- रुकुम पश्‍चिमको आठबिसकोट नगरपालिका-६ स्थितमा  जाजरकोट-डोल्पा सडक खण्ड (भेरी करिडोर) सडक खण्ड पूर्ण रुपमा अवरोध भएको र मनसुन अवधिभर सञ्चालन नहुने भएको छ ।

    ८- गुल्मीको रुरु गाउँपालिका-३ सल्लेरीस्थित तम्घास रिडि सडक पहिरोले पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    ९- जाजरकोटको नलगाड नगरपालिका-११ स्थित जाजरकोट डोल्पा सडक माथिबाट पहिरो आई बाटो मंगलबार रातिदेखि पुर्णरुपमा अवरुद्ध रहेको छ ।

    १०. रसुवाको बजे गोसाईकुण्ड गाउँपालिका -५  ठुलोभार्खु र सानो भार्खु स्थित पासाङ ल्हामु सडक पहिरोका कारण मंगलबार दिउसोदेखि खण्ड पुर्ण रुपमा अवरुद्ध रहेको छ ।

    ११- हुम्लाको सिमकोट हिल्सा सडक खण्ड कर्णाली करिडोर मंगलबार साँझ नाम्खा गाउँपालिका-४ को बालुखोला भन्ने स्थानमा  सुख्खा पहिरो आई पूर्ण रुपमा अवरुद्ध रहेको छ ।

    १२- रोल्पाको थबाङ गाउँपालिका-२ साईली माईली मोड स्थित घोराही रुकुम शहिद राजमार्गमा मंगलबार आएको पहिरोले सडक पुर्ण रुपमा अवरुद्ध रहेको छ ।

    १३- जाजरकोटको छेडागाड नगरपालिका-३ दंखेरी भिर गिट्टिखोला स्थित मध्य पहाडि राजमार्गमा मंगलबार दिउसो माथिबाट पहिरो आई बाटो पुर्णरुपमा अवरुद्ध भएको छ ।

    १४- दैलेखको डुङ्गेश्‍वर गाउँपालिका-६ सिस्तेटार स्थित देलैख सुर्खेत सडक खण्डमा गएराती अविरल बर्षाको कारणले सडकमाथिबाट पहिरो आई सडक पुर्णरुपमा अवरुद्ध रहेको छ ।

    १५- जाजरकोटको भेरी नगरपालिका-४ मूलपानी स्थित डोल्पा-जाजरकोट सडक खण्डमा गएराती खहरे खोलाले कटान गरि पुर्णरुपमा अवरुद्ध रहेको छ ।

    १६- झापाको शिवसताक्षी नगरपालिका-१० स्थितमा रहेको सुकुना खोलामा बुधबार बिहान पुर्व पश्चिम एसियन हाईवे मर्मतको लागी होमपाईप लगाई बनाईएको ड्राईभर्सन उक्त खोलामा आएको, पानीले होमपाईपको साईडको माटो कटान गरी पानी पसी बाटोमा सवारी आवत जावत गर्न नसकी हाईवे पुर्ण रुपमा अवरुद्ध भएको छ ।

    १७- कालिकोटको खाँडाचक्र नगरपालिका-५ बिहानि खोला नजिक बुधबार बिहान जुम्ला सुर्खेत सडकखण्डमा सडकभन्दा माथिबाट पहिरो आई राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    १८- बैतडीको सिगास गाउँपालिका-९ रमिलापुरस्थित जयपृथ्बी राजमार्ग अन्तर्गत खोड्पे बझाङ सडक खण्डमा बुधबार बिहान बर्षादका कारण सडक माथिबाट पहिरो आइ बाटो अबरोध भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।