देवदह । प्रगती सामुदयिक वन उपभोक्ता समूह देवदहको आयोजनामा महिलाहरूकाे लागि १५ दिने मादल बजाउने तालिम सुरु भएको छ । बुधवारदेखि सुरु भएको तालिम भदौ ४ गते समापन हुने अध्यक्ष दुर्गा बहादुर रानाले जानकारी दिए ।
२०५७ सालमा स्थापना भएको सामुदायिक वनले वन विकास, सम्वर्धन, गरिबि निवारण सामाजिक, सांस्कृतिक लगायत स्थानीय विकास तथा लक्षित समूह केन्द्रीत रहेर विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
देवदह संगीत गुरुकुलका सन्चालक भगेन्द्र भगतले गर्ने महिलाहरुलाई मादल बजाउने प्रशिक्षण तालिम दिने जनाइएको छ ।
तालिमको औपचारिक समारोहमा बोल्दै देवदह - ९ का सदस्य कृष्णकुमारी राना, सेतोमसी डटकमका कार्यकारी सम्पादक पवन पौडेल, प्रशिक्षक भगेन्द्र भगत, फुलवारी आमा समुहका अध्यक्ष मिना थापा लगायतले संगीतले मानिसलाई स्वस्थ राख्न मदत गर्ने बताए । विश्वमा सबैलाई आकर्षण गर्ने विषय भनेको खेल र संगीत भएकाले संगीतको महत्वलाई बुझ्नुपर्नेमा उनीहरुले जोड दिए ।
सामुदायिक वनका अध्यक्ष दुर्गा बहादुर रानाको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष डोलराज न्यौपानेको स्वागत र सचिव वर्षा तिवारीको सन्चालनमा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology