Logo

२०८३, आश्विन ११गते


images
images

खेल

यू-२० महिला एसियन कप छनौटमा नेपाल भुटानसँग बराबरीमा रोकियो

यू-२० महिला एसियन कप छनौटमा नेपाल भुटानसँग बराबरीमा रोकियो

images
  • यू-२० महिला एसियन कप छनौटमा नेपाल भुटानसँग बराबरीमा रोकियो
    images
    images

    काठमाडौँ । एएफसी यू-२० महिला एसियन कप छनौट अन्तर्गतको पहिलो खेलमा नेपाल भुटानसँग बराबरीमा रोकिएको छ ।

    images
    images
    images

    बुधबार भुटानमा सम्पन्न खेलमा नेपाल र भुटान १-१ गोलको बराबरीमा रोकिएका हुन् । दुवै गोल खेलको पहिलो हाफमा भएका थिए । नेपालले खेलको १०औं मिनेटमा सेनु परियारको गोलमा अग्रता लिएपनि भुटानले १८औं मिनेटमा गोल गर्दै बराबरी गरेको थियो ।

    images
    images
    images

    अब नेपालले अर्को खेल शुक्रबार साउदी अरेबियासँग खेल्ने तालिका छ भने भुटानले पनि शुक्रबार उत्तर कोरियासँग खेल्ने तालिका छ ।

    images
    images
    images

    त्यस्तै नेपाल रहेको समुह ए अन्तर्गतकै आज सम्पन्न पहिलो खेलमा उत्तर कोरियाले साउदी अरेबियालाई १५-० ले पराजित गरेको थियो ।

    आठ समुहको शिर्ष स्थानमा रहने देश एएफसी यू-२० महिला एसियन कपका लागि छनौट हुने छन भने हरेक समुहको दोस्रो स्थानमा रहेका शिर्ष तीन देश पनि एशिया कपका लागि छनौट हुने छन् । १२ देशले भाग लिने एएफसी यू-२० महिला एसियन कपमा आयोजकको रुपमा थाइल्याण्ड छनौट भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।