Logo

२०८३, कार्तिक २९गते


images
images

गोदाममा छापा

कैलालीको गोदाममा छापा, ३५ लाखभन्दा बढीको लत्ताकपडासहित एक जना नियन्त्रणमा

कैलालीको गोदाममा छापा, ३५ लाखभन्दा बढीको लत्ताकपडासहित एक जना नियन्त्रणमा

images
  • कैलालीको गोदाममा छापा, ३५ लाखभन्दा बढीको लत्ताकपडासहित एक जना नियन्त्रणमा
    images

    कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित गोल मार्केटबाट साउन २२ गते सशस्त्र प्रहरीले ३५ लाख २१ हजार २ सय ४० रुपैयाँ बराबरको लत्ताकपडा सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    सोही ठाउँमा रहेको राधा गोबिन्द सप्लायर्सको नाममा दर्ता भएको गोदाममा भारतबाट अबैध रुपमा  ल्याई लुकाई छिपाई राखेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा सहित सप्लायर्सका संचालक ३४ बर्षिय अंकुश गुप्तालाई समेत नियन्त्रणमा लिइएको छ ।

    images
    images
    images

    नं.३४ गण कैलाली, प्रस्ताबित सीमा सुरक्षा गुल्म त्रिनगर कैलाली र कैलाली भन्सार कार्यालयको संयुक्त टोलीले भन्सार छलिको  लत्ताकपडा सहित गोदाम संचालकलाई  नियन्त्रणमा लिएको हो ।

    images
    images

     नियन्त्रणमा लिइएको सामान र ब्यक्तिलाईआबश्यक कारबाहिको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।