Logo

२०८३, आश्विन ११गते


images
images

यू-२० महिला एसियन कप

एएफसी यू-२० महिला एसियन कपमा नेपालको सामना साउदी अरेबियासँग

एएफसी यू-२० महिला एसियन कपमा नेपालको सामना साउदी अरेबियासँग

images
  • एएफसी यू-२० महिला एसियन कपमा नेपालको सामना साउदी अरेबियासँग
    images
    images

    काठमाडौँ । एएफसी यू-२० महिला एसियन कप छनौट अन्तर्गत नेपालले आज साउदी अरेबियासँग खेल्दैछ छ ।

    images
    images
    images

    यो खेल आज नेपाली समय अनुसार १: ४५ बजेदेखि शुरु हुने छ । खेलको प्रत्यक्ष प्रशारण भुटान फुटबल फेडेरेसनको युट्युब च्यानल www.youtube.com/@bhutanfootball बाट हुने छ ।

    images
    images
    images

    यस अघि नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो । त्यस्तै साउदी अरबले आफ्नो पहिलो खेलमा उत्तर कोरियासँग १५-० गोल अन्तरले पराजित भएको थियो । समुह ए को आजै भुटान र उत्तर कोरियाबीच खेल हुदैछ । 

    images
    images
    images

    प्रतियोगिता भुटानमा अगस्ट १० सम्म हुने तालिका रहेको छ । नेपालले यो खेलपछि अगस्ट १० मा उत्तर कोरियासँग खेल्ने तालिका रहेको छ ।

    आठ समुहको शिर्ष स्थानमा रहने देश एएफसी यू-२० महिला एसियन कपका लागि छनौट हुने छन भने हरेक समुहको दोस्रो स्थानमा रहेका शिर्ष तीन देश पनि एशिया कपका लागि छनौट हुने छन् । १२ देशले भाग लिने एएफसी यू-२० महिला एसियन कपमा आयोजकको रुपमा थाइल्याण्ड छनौट भएको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू-२० महिला एसियाली कप छनोटका लागि बिर्साना चौधरीको कप्तानीमा २३ सदस्यीय टिम भुटान पठाएको छ ।

    नेपाली टिम:

    गोलकिपर: लिला जोशी, करुण बुढाथोकी र सुजाता तामाङ ।
    डिफेन्डर: सरिता कुमारीनाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पण्डक, सिमरन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई र सीता रोकाया ।
    मिडफिल्डर: कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्साना चौधरी (सी) र सेनु परियार ।
    फरवार्ड : कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।