Logo

२०८३, आश्विन ११गते


images
images

फुटबल

फिफा वरीयतामा नेपाली महिला फुटबलको छलाङ

फिफा वरीयतामा नेपाली महिला फुटबलको छलाङ

images
  • फिफा वरीयतामा नेपाली महिला फुटबलको छलाङ
    images
    images

    काठमाडौं । नेपाल महिला फुटबल टिमले फिफा वरीयता सुधार छलाङ मरेको छ । नेपाली महिला टिमले १३ स्थानको सुधार गर्दै १००औं स्थानबाट ८७औं स्थानमा उक्लिएर छलाङ मारेको हो । 

    images
    images
    images

    अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सर्वाजनिक गरेको वरीयतामा १३ स्थान सुधार गर्दै नेपाली महिला फुटबल टिमले हालसम्म फिफाको उत्कृष्ट वरीयतामा प्राप्त गरेको हो । यसअघि नेपाल ९९औं स्थानसम्म पुगेको थियो । 

    images
    images
    images

    गत महिना भएको एएफसी एसियन कप छनोटमा नेपालले गरेको प्रदर्शन पश्चात् नेपालको वरीयतामा सुधार आएको हो । नेपालले उज्वेकिस्तानसँग ३-३ को बराबरीसहित पेनाल्टी सुटआउटमा पराजित भएको थियो । नेपालसँगै दक्षिण एसियाको बंगलादेशले २४ स्थान सुधार गर्दै १०४औं स्थानमा उक्लिएको छ । 

    images
    images
    images

    त्यसैगरी भारतले ७ स्थान सुधार गर्दै ६३औं स्थानमा उक्लिएको छ । त्यस्तै फिफा वरीयतामा स्पेन महिला फुटबल टिम शीर्ष स्थानमा उक्लिएको छ भने अमेरिका दोस्रो स्थानमा झरेको छ । त्यस्तै हालै महिला युरो कप जितेको इङल्याण्डले एक स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।