Logo

२०८३, कार्तिक २९गते


images
images

इजरायलमा प्रदर्शन

गाजामा पूर्ण नियन्त्रण लिने सरकारको निर्णयविरुद्ध इजरायलमा प्रदर्शन

गाजामा पूर्ण नियन्त्रण लिने सरकारको निर्णयविरुद्ध इजरायलमा प्रदर्शन

images
  • गाजामा पूर्ण नियन्त्रण लिने सरकारको निर्णयविरुद्ध इजरायलमा प्रदर्शन
    images

    काठमाडौँ । गाजामा पूर्ण नियन्त्रण लिने प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको योजनाको विरुद्धमा इजरायलमा प्रदर्शन शुरु भएको छ ।

    images
    images
    images

    टाइम्स अफ इजरायलका राजनीतिक संवाददाता ताल स्नाइडरले इजरायलमा ठूलो असन्तुष्टि रहेको र मानिस बिहीबार रातिदेखि दर्जनौं ठाउँहरूमा सरकारको विरोधमा सडकमा उत्रिएको बताएका छन् । उनले सरकारले धेरै अलोकप्रिय कदम चालेको र सरकारको पछिल्लो निर्णयप्रति व्यापक असन्तुष्टि रहेको बताएका छन् । उनले सरकारले कूटनीतिक वा राजनीतिक समाधान खोज्नुको सट्टा बढी बलियो कदम चाल्ने मानसिकतामा फसेको आम रुपमा आरोप लगाइएको उल्लेख गरेका छन् ।

    images
    images
    images

    इजरायलको सुरक्षा क्याबिनेटमा १० घण्टाको छलफलपछि शुक्रबार बिहान गाजालाई पूर्ण रुपमा नियन्त्रण लिने नेतान्याहूको योजना अनुमोदन गरिएको थियो । यस अघि प्रधानमन्त्री नेतान्याहूको योजनाप्रति सेनाको शिर्ष नेतृत्व समेत असहमत भएको बताइएको थियो । इजरायली जनताले गाजामा पूर्ण नियन्त्रणतर्फ जादा हाल बन्धक रहेका इजरायलीको सकुशल रिहाइ झन् अनिश्चित हुने भन्दै विरोध शुरु भएको बताइएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।