Logo

२०८३, आश्विन ११गते


images
images

सुक्रियाको गोलमा साउदी अरेबियामाथि नेपालको जित

सुक्रियाको गोलमा साउदी अरेबियामाथि नेपालको जित

images
  • सुक्रियाको गोलमा साउदी अरेबियामाथि नेपालको जित
    images
    images

    काठमाडौँ । नेपालले एएफसी यू-२० महिला एसियन कप छनौट अन्तर्गत साउदी अरेबियालाई पराजित गरेको छ ।

    images
    images
    images

    नेपालले साउदी अरेबियालाई १-० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा खेलको ९०औं मिनेटमा सुक्रिया मियाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि नेपालको समुह ए मा ४ अंक भएको छ ।

    images
    images
    images

    यस खेलमा नेपालले खेलको ३७औं मिनेटमा पाएको पेनाल्टीलाई मीना देउवाले गोल गर्न नसकेपछि साउदी अरेबियाविरुद्ध शुरुवाती अग्रता लिने अवसर गुमाएको थियो ।

    images
    images
    images

    यस अघि नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो । त्यस्तै साउदी अरबले आफ्नो पहिलो खेलमा उत्तर कोरियासँग १५-० गोल अन्तरले पराजित भएको थियो । समुह ए को आजै भुटान र उत्तर कोरियाबीच खेल हुदैछ । 

    प्रतियोगिता भुटानमा अगस्ट १० सम्म हुने तालिका रहेको छ । नेपालले यो खेलपछि अगस्ट १० मा उत्तर कोरियासँग खेल्ने तालिका रहेको छ ।

    आठ समुहको शिर्ष स्थानमा रहने देश एएफसी यू-२० महिला एसियन कपका लागि छनौट हुने छन भने हरेक समुहको दोस्रो स्थानमा रहेका शिर्ष तीन देश पनि एशिया कपका लागि छनौट हुने छन् । १२ देशले भाग लिने एएफसी यू-२० महिला एसियन कपमा आयोजकको रुपमा थाइल्याण्ड छनौट भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।