Logo

२०८३, आश्विन ९गते


images
images

महामाया भवानी माविमा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सम्मान

महामाया भवानी माविमा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सम्मान

images
  • महामाया भवानी माविमा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सम्मान
    images
    images

    देवदह । महामाया भवानी माध्यमिक विद्यालयले कक्षा १२ को परिक्षामा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ । शुक्रवार विद्यालयमा एक कार्यक्रम बीच वडा अध्यक्ष र नगर शिक्षा अधिकृतको उपस्थितिमा विद्यार्थीलाई सम्मान गरिएको हो । 

    images
    images
    images

    देवदह-४ मा अवस्थित महामाया भवानी माविबाट ६७ जना विद्यार्थी परिक्षामा सहभागी भएको मध्ये ४८ जना उत्तीर्ण भएका थिए । कुल ७१.६४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको महामायाबाट विद्यार्थी करिष्मा पाण्डेले ३.७२, कृतिका ढकालले ३.६४ र राहुल सुनारले ३.६१ जिपिए ल्याएका थिए ।

    images
    images
    images

    महामायाबाट ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थी ४ जना, ३.२ देखि ३.६ जिपिए ल्याउने १५ जना, २.८ देखि ३.२ जिपिए ल्याउने १७ जना, २.४ देखि २.८ जिपिए ल्याउने १२ जना रहेका छन । 

    images
    images
    images

    विद्यालयले विद्यालयमा शतप्रतिशत नतिजा दिने विषयगत शिक्षकहरूलाई समेत सम्मान गरेको छ । सम्मानित हुने शिक्षकहरूमा विराज क्षेत्री, लक्ष्मी न्यौपाने, चिरन्जीवी रेग्मी, लक्ष्मण न्यौपाने, टिका शर्मा, नारायण पाण्डे, मिन प्रसाद भट्टराई, गणेश पराजुली, सुशिला अर्याल र निलराज बश्याल रहेका छन् । 

    विद्यालयका प्रधानाध्यापक ऋषिश्वर अर्यालको अध्यक्षता रहेको कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मी, नगर शिक्षा अधिकृत परशुराम ढकाल लगायतले विद्यार्थीलाई बधाई दिएका थिए । 

     

      

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।