Logo

२०८३, आश्विन ११गते


images
images

पाकिस्तानी क्रिकेटर अली बेलायतमा पक्राउ, बोर्डले गर्यो निलम्बन

पाकिस्तानी क्रिकेटर अली बेलायतमा पक्राउ, बोर्डले गर्यो निलम्बन

images
  • पाकिस्तानी क्रिकेटर अली बेलायतमा पक्राउ, बोर्डले गर्यो निलम्बन
    images
    images

    काठमाडौँ । पाकिस्तानी क्रिकेटर हैदर अली बेलायतमा पक्राउ परेका छन् ।

    images
    images
    images

    अलीलाई एक महिलाको उजुरीमा म्यानचेस्टर प्रहरीले हिरासतमा लिएको मिडिया रिपोर्टमा उल्लेख छ । अगस्ट ४, २०२५ मा महिलाको उजुरीमा २४ वर्षीय अलीलाई पक्राउ गरिएको थियो । उनले महिलालाई जुलाई २३ मा बलात्कार गरेको उजुरीपछि पक्राउ परेको बताइएको छ । प्रहरीका अनुसार, पक्राउ परेका अलीलाई थप अनुसन्धान नभएसम्म जमानत दिइएको छ तर अनुसन्धान पूरा नभएसम्म उनी बेलायत छोड्न अनुमति भने दिइएको छैन ।

    images
    images
    images

    पाकिस्तान क्रिकेट बोर्डले राष्ट्रिय टोलीका मध्यक्रमका ब्याट्सम्यान हैदर अलीलाई निलम्बन गरेको छ ।

    images
    images
    images

    हैदर अलीले २०२० मा राष्ट्रिय क्रिकेट टोलीको लागि डेब्यू गरेका थिए। त्यसबेलादेखि उनले ३५ टी-२० अन्तर्राष्ट्रिय र दुई एकदिवसीय खेलमा पाकिस्तानको प्रतिनिधित्व गरिसकेका छन् ।

    पाकिस्तान क्रिकेट बोर्डले ग्रेटर म्यानचेस्टर पुलिसले क्रिकेटर हैदर अली विरुद्ध भइरहेको आपराधिक अनुसन्धानको बारेमा जानकारी गराएको उल्लेख गर्दै यो अनुसन्धान 'पाकिस्तान शाहिन्स' द्वारा हालैको इङ्गल्याण्ड भ्रमणको क्रममा भएको घटनासँग सम्बन्धित रहेको उलेख गरेको छ ।

    पीसीबीले अलीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ र यस राष्ट्रिय क्रिकेटरलाई पीसीबीले कानुनी सहयोग दिएको उल्लेख गरेको छ ।

    साथै बोर्डले बेलायतको कानुनी प्रक्रियालाई पूर्ण रूपमा सम्मान गर्ने भन्दै हैदर अलीलाई तत्काल निलम्बन गर्ने निर्णय गरेको छउल्लेख गरेको छ । साथै कानुनी प्रक्रिया पूरा नभएसम्म, पीसीबीले यस विषयमा थप कुनै टिप्पणी नगर्ने बताएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।