Logo

२०८३, कार्तिक २९गते


images
images

दुर्घटना

रुपन्देहीको मणिग्राममा मोटरसाइकल दुर्घटना, २० वर्षीय युवाको ज्यान गयो

रुपन्देहीको मणिग्राममा मोटरसाइकल दुर्घटना, २० वर्षीय युवाको ज्यान गयो

images
  • रुपन्देहीको मणिग्राममा मोटरसाइकल दुर्घटना,  २० वर्षीय युवाको ज्यान गयो
    images

    देवदह । रुपन्देहीको तिलोत्तमा- ५ मणिग्राममा मोटरसाईकल दुर्घटनामा परी एक युवकको ज्यान गएको छ । मोटरसाइकल अनियन्त्रित भई पल्टिंदा नवलपरासीको सुनवल घर भइै हाल तिलोत्तमा नगरपालिका–१४ तीनधुरा भलवारी बस्ने २० वर्षीय खेम भुसालको ज्यान गएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार बुटवलबाट भलवारीतर्फ जाँदै गरेको लु ४६ प ८२९१ नम्बरको मोटरसाईकल सोमवार बिहान पौने ४ बजे मणिग्राममा आफै अनियन्त्रित भई पल्टिएको थियो । मोटरसाइकल पल्टिएर गम्भीर घाइते भएका भुसालको उपचारको लागि क्रिमशन अस्पताल पुर्याइएकोमा तत्कालै मृत्यु भएको प्रहरीको भनाई छ । 

    images
    images
    images

    पानी परेकाले मोटरसाइकलको टायर चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।