काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी दुई दिन मनसुनको प्रभाव बढ्ने जानकारी दिएको छ ।
हाल देशभर साधारणतया बदली रहेको छ । आज दिउँसो देशभर पुर्णतया बदली रहनेछ भने देशका अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा भारी वर्षा र केही स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ भने कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology