Logo

२०८३, आश्विन ९गते


images
images

प्रमुख सेनानीद्वारा बुद्ध पब्लिकका एनसीसी क्याडेटहरूको निरीक्षण

प्रमुख सेनानीद्वारा बुद्ध पब्लिकका एनसीसी क्याडेटहरूको निरीक्षण

images
  • प्रमुख सेनानीद्वारा बुद्ध पब्लिकका एनसीसी क्याडेटहरूको निरीक्षण
    images
    images

    देवदह । राष्ट्रिय सेवा दल शिक्षालयका प्रमुख सेनानी दिनेश चौलागाईंले देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयका एनसीसी क्याडेटहरूको निरीक्षण गरेका छन् । बुधवार विद्यालय पुगेका प्रमुख सेनानी चौलागाईंले एनसीसी क्याडेटहरूले उल्लेख्य प्रगति गरेको प्रतिक्रिया दिएको विद्यालयले जनाएको छ । 
     
    निरीक्षणपछिको औपचारिक कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रवक्ता गणेश डुम्रे, विद्यालय संचालक समिति अध्यक्ष जयकिसन अधिकारी, प्रिन्सिपल  कृष्ण प्रसाद गैरे लगायतले राष्ट्रिय सेवा दलको आवश्यकता र महत्वबारे विचार व्यक्त गरे । 

    images
    images
    images

    देवदह बुद्ध पब्लिकबाट एनसीसी तालिममा सहभागी विद्यार्थीहरुले हाल विद्यालयमै प्रशिक्षण लिइरहेका छन् । तालिममा १५ जना छात्र र १५ जना छात्रा गरी ३० जना सहभागी छन् । 

    images
    images
    images

    विद्यार्थीहरुले ३८औं दिनसम्मको तालिम सफलतापुर्वक लिएको र निरीक्षणका क्रममा प्रमुख सेनानीले विद्यार्थीको प्रगति देखेर खुसी व्यक्त गरेको विद्यालयका प्रिन्सिपल गैरेले जानकारी दिए । 

    images
    images
    images

     ७९ दिनसम्म विद्यालयमा चल्ने तालिममा सैद्धान्तिक सैन्यज्ञानका साथमा विद्यार्थीलाई एरोविक्स, मास पिटी, तेक्वान्दो पिटी, खुकुरी ड्रिल र नक्सा अध्ययन सिकाइन्छ । सिनियर डिभिजनले हतियार तालिम अर्थात फायरिङ पनि सिक्छन् ।

    ७९ दिनको तालिमपछि २१ दिने क्याम्प तालिम हुन्छ । क्याम्पको लागि मोरङको याङ्सिला, नवलपरासीको हात्तिखोर वा बाँकेको कोहलपुरमा लगिन्छ । २१ दिन चल्ने क्याम्प तालिममा खोज उद्धारदेखि मास पिटी, भिडमा बोल्ने तरिका र नेतृत्व विकास सम्मको तालिम लिन सकिन्छ । सिनियर डिभिजन तालिममा घेाडचढी, स्विमिङ, हाइकिङ र रक क्लाइम्बिङसम्म सिकाइन्छ ।

    यसरी तालिम लिएका युवाहरुले दैविक प्रकोपको उद्धारदेखि लागुऔषध र चेलिवेटी बेचविखनविरुद्धका अभियानमा योगदान दिनसक्ने र सुरक्षासंग सबन्धित कार्यमा महत्वपुर्ण कार्य गर्न सक्ने हुनाले यस प्रकारको तालिम महत्वपुर्ण मानिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।