Logo

२०८३, आश्विन ११गते


images
images

एन्फा महिला लिग छनौट प्रतियोगिता हुदै, १४ क्लबले भाग लिने

एन्फा महिला लिग छनौट प्रतियोगिता हुदै, १४ क्लबले भाग लिने

images
  • एन्फा महिला लिग छनौट प्रतियोगिता हुदै, १४ क्लबले भाग लिने
    images
    images

    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा महिला लिग छनौट प्रतियोगिता सन्चालन गर्ने भएको छ ।

    images
    images
    images

    श्रावण २९ गतेबाट एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महिला लिग छनौट २०२५ आयोजना हुने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका हुन् ।

    images
    images
    images

    शाहले यस प्रतियोगिताको लागि सम्पुर्ण तयारीहरु पुरा गरिसकेको जानकारी दिदै प्रतियोगिताको खेलहरु सातदोबाटोस्थित एन्फा कम्प्लेक्स खेल मैदान र च्यासलस्थित च्यासल रंगशालामा हुने बताएका छन् ।

    images
    images
    images

    प्रतियोगितामा देशभरका १४ क्लबहरु न्यूरोड टिम (काठमाडौं), विद्यार्थी फुटबल क्लब (काठमाडौं), सिन्धुपाल्चोक एफसी (सिन्धुपाल्चोक), आरएस रिसोर्ट एण्ड बिच फुटबल (कास्की), राप्ती फुटबल क्लब (काठमाडौं), एनबीएम पोखरा गर्ल्स एफसी (कास्की), नेपाल खेलकुद क्लब (रौतहट), लम्की फुटबल क्लब एण्ड ट्रेनिङ सेन्टर (कैलाली), झापा एफसी (झापा), एफसी रियले (भक्तपुर), चर्च ब्वाइज युनाइटेड (ललितपुर), छहरी युवा क्लब (काठमाडौं), बुटवल लुम्बिनी एफसी (रुपन्देही), संकटा फुटबल क्लब (काठमाडौं) को सहभागिता रहने एन्फाले जानकारी दिएको छ ।

    प्रतियोगिताबाट कुल पाँचवटा टोलीहरु एन्फा महिला लिगको लागि छनौट हुनेछन् । सहभागी १४ टिमहरुलाई दुइ समुहमा विभाजन गरिएको छ । हरेक टिमले आफ्नो समुहमा ६ वटा खेलहरु खेल्नेछन् । दुवै समुहको विजेता र उपविजेता टिमहरु स्वत एन्फा महिला लिगको लागि छनौट हुनेछन् भने समुहको तेस्रो स्थानका टिमहरुबीच एक नकआउट खेल खेलाइ विजेता टिम छनौट गरिनेछ । प्रतियोगितामा कुल ४३ वटा खेलहरु खेलिनेछन् ।

    प्रतियोगिताको अनुमानित कुल बजेट ८९ लाख ७३ हजार ५७१ रहेको एन्फाले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।