Logo

२०८३, कार्तिक २९गते


images
images

मौसम

गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

images
  • गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
    images

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ नेपालको तराई आसपास र पूर्वतर्फ भन्दा पश्चिम नेपालतर्फ मनसुन बढी सक्रिय रहने जनाएको छ ।

    images
    images
    images

    हाल देशभर पूर्ण बदली छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने अन्य प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ ।

    images
    images
    images

    आज दिउँसो देशभर बदली रहने र कर्णाली–सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थान तथा मधेशसहित बाँकी तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ ।

    images
    images

    गण्डकी र लुम्बिनीका पहाडी भू–भाग, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्र तथा कर्णालीका पहाडी भू–भागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ । यसले भू–क्षय, बाढी, पहिरो, गेग्रान बहाव, डुबान र नदी–नालामा पानीको सतह वृद्धि गर्ने जोखिम छ ।

    महाशाखाले जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता र पछिल्लो मौसमी सूचना लिन आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।