Logo

२०८३, आश्विन ११गते


images
images

पिएसजीले जित्यो युइएफए सुपर कपको उपाधि

पिएसजीले जित्यो युइएफए सुपर कपको उपाधि

images
  • पिएसजीले जित्यो युइएफए सुपर कपको उपाधि
    images
    images

    काठमाडौँ । फ्रेन्च च्याम्पियन पिएसजीले युइएफए सुपर कपको उपाधि जितेको छ । गएराती सम्पन्न युइएफए सुपर कपको फाइनलमा पीएसजीले टोटनह्यामलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो ।

    images
    images
    images

    पिएसजीले पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले जित हासिल गरेको थियो ।

    images
    images
    images

    यस अघि पिएसजीले खेलमा शानदार कमब्याक गर्दै खेल २-२ गोलको बराबरी गरेको थियो । खेलमा २-० ले पछि परेको पीएसजीले खेलको ८५औ मिनेट र ९४औं मिनेटमा गोल गर्दै खेलमा कमब्याक गरेको थियो । पिएसजीका लागि ली कांग इन र गोन्कालो रामोसले एक एक गोल गरेका थिए । त्यस्तै टोटनह्यामका लागि मिकी भान डे भेन र क्रिस्टियन रोमेरोले एक एक गोल गरेका थिए ।

    images
    images
    images

    युइएफए सुपर लिग गत सिजनमा च्याम्पियन्स लिग र युरोपा लिग विजेता क्लबबीच खेल्ने गरिन्छ ।

    यस अघि १९९६ मा उपविजेता बनेको पीएसजीले पहिलो पटक युइएफए सुपर कपको उपाधि जितेको छ ।     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।