Logo

२०८३, आश्विन ९गते


images
images

बैरीमाई हार्डवेयरद्धारा देवदहमा शाखा विस्तार

बैरीमाई हार्डवेयरद्धारा देवदहमा शाखा विस्तार

images
  • बैरीमाई हार्डवेयरद्धारा देवदहमा शाखा विस्तार
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा बैरीमाई  ट्रेड  सप्लायर्स सञ्चालनमा आएको छ । निर्माण सामग्रिको थोक तथा खुद्रा बिक्री गर्नेगरी देवदह–७ सानाकिसान मार्गमा सप्लायर्स सञ्चालमा आएको हो । 

    images
    images
    images

    बैरीमाई हार्डवेयर एण्ड सप्लायर्स देवदहले आफ्नो पहिलो शाखाको रुपमा सञ्चालनमा ल्याएको ट्रेड सप्लायर्सको बिहिवार देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले उद्घाटन गरिन् । सो अवसरमा बोल्दै उपप्रमुख गुरुङ्गले युवाहरुले देशमा अवसर छैन भनेर भन्नु भन्दा पनि स्वरोजगारका बाटाहरु खोज्न जरुरी रहेको बताईन् । 

    images
    images
    images

    २०७१ सालमा व्यापार सुरु गरेको बैरीमाईले खैरेनी क्षेत्रका ग्राहकलाई पायक पर्नेगरी शाखा विस्तार गरेको सञ्चालक गोविन्द पाण्डे (मणि)ले जानकारी दिए । करिव ५० लाख लगानीमा सुरुवात गरीएको सप्लायर्सको शाखामा निर्माण सम्बन्धि सम्पूर्ण सामग्रिहरु ग्राहकको रोजाई बमोजिम उपलब्ध हुने पाण्डेले बताए । 

    images
    images
    images

    ‘हामीले विगत एक दशक भन्दा अघिबाट यस क्षेत्रमा हार्डवेयरका सामग्रिहरु उपलब्ध गराउँदै आएका छौं । त्यसको निरन्तरता र थप विस्तारको क्रममा हामी राजमार्ग केन्द्रित भएका हौं ।’ उनले भने, ‘ग्राहकलाई पूर्ण सन्तुष्टि हुनेगरी हामीले सेवा दिनेछौं ।’

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बैरीमाई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।