Logo

२०८३, कार्तिक २९गते


images
images

अपर तामाकोशीको जलाशय शनिबार सफा गरिदै, सतर्कता अपनाउन आग्रह

अपर तामाकोशीको जलाशय शनिबार सफा गरिदै, सतर्कता अपनाउन आग्रह

images
  • अपर तामाकोशीको जलाशय शनिबार सफा गरिदै, सतर्कता अपनाउन आग्रह
    images

    काठमाडौँ । अपर तामाकोशीको जलाशय शनिबार सफा गरिन लागेको छ । 

    images
    images
    images

    शनिबार बिहान ५ बजेदेखि राति ८ बजेसम्म दोलखाको विगु गाउँपालिका- १ मा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको जलाशय सफा गर्ने कार्यक्रम रहेको हुनाले सो अवधिभर तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

    images
    images
    images

    आयोजनाले तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सुनकोशी नदिको दोभानसम्म नै तामाकोशी नदीको पानीको सतह बढ्ने-घट्ने चक्र भइरहने हुनाले सो अवधिभर तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटीबालुवा निकाल्ने, गाडी तार्ने जस्ता कार्यहरू नगर्न-नगराउनु हुन तथा नदी किनारमा परम्परा अनुसार मृतकहरूको दाहसंस्कार वा धार्मिक सस्कार गर्नुपर्दा अत्यन्त सतर्कतापूर्वक एवं सावधानीका साथ गर्न गराउन समेत सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।