Logo

२०८३, आश्विन १०गते


images
images

जम्मू कश्मीरमा बाढीबाट मृत्यु हुनेको संख्या ६० पुग्यो

जम्मू कश्मीरमा बाढीबाट मृत्यु हुनेको संख्या ६० पुग्यो

images
  • जम्मू कश्मीरमा बाढीबाट मृत्यु हुनेको संख्या ६० पुग्यो
    images
    images

    काठमाडौँ । भारतको जम्मू कश्मीरको किश्तवारको चाशोती गाउँमा बिहीबार दिउँसो बादल फुटेपछि आएको बाढीमा मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

    images
    images
    images

    जम्मु कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई घटना बारे ब्रिफिङ गर्दै अहिलेसम्म ६० जनाले ज्यान गुमाएको र १०० भन्दा बढी घाइते रहेको जानकारी दिएका हुन् ।

    images
    images
    images

    त्यस्तै अचानक आएको बाढीबाट २०० जनाभन्दा बढी बेपत्ता रहेको स्थानीय प्रशासनलाई उदृत गर्दै भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।  अहिले पनि राहत र उद्धारको काम जारी रहेको बताइएको छ 

    images
    images
    images

    माचैल माता यात्राको लागि हजारौं भक्तजन किश्तवारको पद्दार उप-डिभिजनको चाशोती गाउँ पुगेको बेला अचानक बाढी आएको थियो । यो यात्राको पहिलो गन्तव्य रहेको र यात्रा सुरु हुने ठाउँमा बादल फुटेको रिपोर्टमा उल्लेख छ । यहाँ भक्तजनहरूको बस, पाल, लङ्गर र धेरै पसलहरू थिए । सबै बाढीको पानीमा बगेको बताइएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।